२०८२ साउन २, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशअपांगता भएका बालबालिकालाई स्वास्थ्य सामाग्री वितरण

अपांगता भएका बालबालिकालाई स्वास्थ्य सामाग्री वितरण


जुम्ला—कर्णाली माध्यमिक विद्यालय अनामनगरका अपांगता भएका बालबालिकालाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान जुम्लाका स्वयंसेवी समूह एएमआर क्लबका विद्यार्थील बहिरा आवासीय विद्यालयमा अध्ययनरत अपांगता भएका बालबालिकालाई स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

दैनिक जीवनमा सरसफाइ र स्वास्थ्यको महत्वका विषयमा सचेतीकरण गर्ने उद्देश्यले स्वास्थ्य सामग्री वितरण गरिएको एएमआर क्लबका अध्यक्ष प्रदिप नारायण जोशीले बताए । ‘हामीले बहिरा बालबालिकाको आवश्यकतालाई सम्बोधन गर्दै व्यक्तिगत सरसफाइमा सहयोग पु¥याउने प्रयत्न गरेका हौं,’ अध्यक्ष जोशीले भने । वितरण गरिएको सामग्रीमा टूथपेस्ट, ब्रस, साबुन, नेलकटर, टोकरी र रुमाल रहेका छन् । प्रत्येक विद्यार्थीलाई २१० रुपैयाँ बराबरको स्वास्थ्य सरसफाइका सामाग्री वितरण गरिएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको एएमआर क्लबले विगतमा पनि विभिन्न सामाजिक उत्तरदायित्वका स्वयंसेवी कार्यक्रम गर्दै आएको छ । सरसफाइ, संक्रमण नियन्त्रण र जनचेतनामूलक गतिविधिलाई प्राथमिकतामा राख्दै क्लबले अन्य विद्यालयमा पनि यस्ता कार्यक्रम विस्तार गर्ने योजना बनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ