२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठविश्वनयाँदिल्लीको एम्स अस्पतालमा आगलागी

नयाँदिल्लीको एम्स अस्पतालमा आगलागी


नयाँदिल्ली—भारतको नयाँदिल्लीस्थित अल इण्डिया इस्टिच्युट अफ मेडिकल साइन्स (एम्स) को इमर्जेन्सी वार्ड नजिकै आगलागी भएको छ । सोमबार विहान ११ः५४ बजे इन्डोस्कोपी कोठाबाट आगो लागेको भारतीय संचारमाध्यहरुले जनाएका छन् ।

आगलागीको सूचना पाउने बितिकै दमकल विभागका ८ वटा गाडीहरु अस्पताल पुगेका छन् । अहिले आगोलाई नियन्त्रण लिने प्रयास जारी रहेको छ ।

आगलागीपछि अस्पतालको इमर्जेन्सी वार्डका बिरामीहरुलाई अन्यत्र सारिएको छ ।

यसअघि जुन २०२१ मा पनि एम्स अस्पतालमा आगलागी हुँदा भागदौड मच्चिएको थियो । त्यतिबेला एम्सको दुई नम्बर गेटको कन्वर्जन ब्लकको नवौ तलामा आगलागी भएको थियो ।

भारतकै सबैभन्दा ठूलो अस्पताल मानिने एम्समा दैनिक १२ हजार मानिस उपचार लागि पुग्ने गरेका छन् ।
एजेन्सीको सहयोगमा


क्याटेगोरी : विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ