२०८२ साउन १०, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशदीर्घरोगका बिरामीलाई चन्दननाथको उपचार खर्च

दीर्घरोगका बिरामीलाई चन्दननाथको उपचार खर्च


जुम्ला—चन्दननाथ नगरपालिका जुम्लाले दीर्घरोगका बिरामीलाई औषधि उपचार प्रदान गर्ने भएको छ । विपन्न नागरिक औषधि उपचार सम्वन्धी कार्यविधि, २०७८ अनुसार खर्च उपलब्ध गराउन थालेको हो ।

मिर्गौला प्रत्यारोपण, डायालाइसिस, क्यान्सर रोग र मेरुदण्ड पक्षघात भएका बिरामीलाई औषधि उपचार खर्च प्रदान गर्न थालिएको स्वास्थ्य शाखा प्रमुख क्षेत्रबहादुर महतले बताए । ‘कार्यविधिले प्रतिव्यक्ति प्रति महिना पाँच हजारका दरले बार्षिक ६० हजार रुपैयाँ औषधि उपचार खर्च प्रदान गर्ने व्यवस्था गरेको छ,’ उनले भने ।

गत वर्ष मेरुदण्ड पक्षघातका एक जना, क्यान्सर रोगका ८ जना, मिर्गौला डायलाइसिस ४ जना गरी १३ जनाले औषधि उपचार खर्च प्राप्त गरेका हुन् । गत वर्ष १३ जनालाई वार्षिक ६० हजार रुपैयाँका दरले ७ लाख ८० हजार रुपैयाँ उपलब्ध गराइएको थियो ।

‘यस आर्थिक वर्ष ०८२/०८३ का लागि निवेदन माग गरेका छौँ । ७ लाख ३० हजार बजेट निकासा भएको छ,’ स्वास्थ्य शाखा प्रमुख महतले भने, ‘अपुग रकमपछि माग गर्न सकिने अवस्था हुन्छ । कार्यविधिअनुसार नै दीर्घरोगीलाई औषधि उपचार खर्च प्रदान गरिनेछ ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ