गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ स्वास्थ्य राज्यमन्त्री भन्छन्, ‘औषधालयका लागि बजेटको कमी हुने छैन’ स्वास्थ्य राज्यमन्त्री भन्छन्, ‘औषधालयका लागि बजेटको कमी हुने छैन’ हेल्थ आवाज मंगलबार, २०७६ फागुन ६ गते, १४:३० मा प्रकाशित सुर्खेत—स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले प्रादेशिक आयुर्वेद औषधालयको भौतिक संरचना निर्माणको लागि बजेटको कमी हुन नदिने बताएका छन् । सोमबार प्रादेशिक औषधालयको अवलोकन गर्दै मन्त्री रावतले यस्तो बताएका हन् । संघीय सरकार र प्रदेश सरकारले नीति तथा योजना बनाउँदा आयुर्वेद क्षेत्रमा विशेष ध्यान दिनुपर्ने भन्दै मन्त्री रावतले स्वास्थ्य मन्त्रालयले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए । औषधालयका भौतिक संरचना निर्माणको लागि आर्थिक अभाव हुन नदिने भन्दै उनले सेवाको प्रभावकारितामा ध्यान दिन आयुर्वेद औषधालयलाई निर्देशन दिएका छन् । आयुर्वेद औषधालय व्यावस्थापन समितिका अध्यक्ष विनोद ढकालले औषधालयमा जनशक्ति र भौतिक संरचनाको कमी रहेको भन्दै भौतिक संरचना निर्माणमा सहयोग गरिदिन राज्यमन्त्रीसँग आग्रह गरे । प्रदेश सरकारलाई ४८ जना कर्मचारीको दरबन्दी पठाएपनि अहिलेसम्म कुनै पहल नगरेको उनले गुनासो गरे । संघीय सरकारले दिएको दरबन्दीअनुसार एकजना डाक्टर करारमा राखिएको जानकारी दिँदै उनले जनशक्ति नहुँदा काम गर्न समस्या भैरहेको बताए । प्रादेशिक आयुर्वेद औषधालयले अहिले कर्णालीका १० जिल्ला र स्थानीय तहमा संचालनमा रहेका आयुर्वेद औषधालयहरुमा औषधी पठाउने गरेको छ । औषधालयले कर्णालीको १० वटै जिल्लामा नसर्ने रोग व्यवस्थापन गर्नको लागि स्वास्थ्य शिविर चाउनुपर्ने भएकोले औषधी ढुवानी गर्न सवारी साधनको अभाव रहेको उनले बताए । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन… यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड खेलाडी साम्बालाई ट्राफिक प्रहरीको आर्थिक सहयोग निर्वाचनमा देशभरका अस्पताल तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा रहने वीरेन्द्रनगरमा १५ शय्याको सेवा कर्णाली अस्पताल सञ्चालनमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ सन्जीवनी शिक्षण अस्पतालले माग्यो ९२ डाक्टर र ११० नर्ससहित २५९ कर्मचारी ४ न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति ५ सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति ६ दमक अस्पताललाई ३०० शय्याको बनाउने बालेनको बाचा ७ पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान TFN ट्रेण्डिङ वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने महिलामा देखिने प्रमुख स्वास्थ्य समस्या र समाधानका उपायहरु अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त के र कति खाँदा स्वस्थ हुन्छ दर ? को हुन् स्वास्थ्यमन्त्रीको रोजाइमा मन्त्रालय भित्र्याउने तयारी गरिएका सहसचिव भुजेल ? थप ४ जनामा कोभिड पुष्टि स्तन क्यान्सर कसरी पत्ता लगाउने, जोखिमबाट कसरी बाँच्न सकिन्छ ? वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने महिलामा देखिने प्रमुख स्वास्थ्य समस्या र समाधानका उपायहरु अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त के र कति खाँदा स्वस्थ हुन्छ दर ? को हुन् स्वास्थ्यमन्त्रीको रोजाइमा मन्त्रालय भित्र्याउने तयारी गरिएका सहसचिव भुजेल ? थप ४ जनामा कोभिड पुष्टि स्तन क्यान्सर कसरी पत्ता लगाउने, जोखिमबाट कसरी बाँच्न सकिन्छ ?