गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ स्वास्थ्य राज्यमन्त्री भन्छन्, ‘औषधालयका लागि बजेटको कमी हुने छैन’ स्वास्थ्य राज्यमन्त्री भन्छन्, ‘औषधालयका लागि बजेटको कमी हुने छैन’ हेल्थ आवाज मंगलबार, २०७६ फागुन ६ गते, १४:३० मा प्रकाशित सुर्खेत—स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले प्रादेशिक आयुर्वेद औषधालयको भौतिक संरचना निर्माणको लागि बजेटको कमी हुन नदिने बताएका छन् । सोमबार प्रादेशिक औषधालयको अवलोकन गर्दै मन्त्री रावतले यस्तो बताएका हन् । संघीय सरकार र प्रदेश सरकारले नीति तथा योजना बनाउँदा आयुर्वेद क्षेत्रमा विशेष ध्यान दिनुपर्ने भन्दै मन्त्री रावतले स्वास्थ्य मन्त्रालयले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए । औषधालयका भौतिक संरचना निर्माणको लागि आर्थिक अभाव हुन नदिने भन्दै उनले सेवाको प्रभावकारितामा ध्यान दिन आयुर्वेद औषधालयलाई निर्देशन दिएका छन् । आयुर्वेद औषधालय व्यावस्थापन समितिका अध्यक्ष विनोद ढकालले औषधालयमा जनशक्ति र भौतिक संरचनाको कमी रहेको भन्दै भौतिक संरचना निर्माणमा सहयोग गरिदिन राज्यमन्त्रीसँग आग्रह गरे । प्रदेश सरकारलाई ४८ जना कर्मचारीको दरबन्दी पठाएपनि अहिलेसम्म कुनै पहल नगरेको उनले गुनासो गरे । संघीय सरकारले दिएको दरबन्दीअनुसार एकजना डाक्टर करारमा राखिएको जानकारी दिँदै उनले जनशक्ति नहुँदा काम गर्न समस्या भैरहेको बताए । प्रादेशिक आयुर्वेद औषधालयले अहिले कर्णालीका १० जिल्ला र स्थानीय तहमा संचालनमा रहेका आयुर्वेद औषधालयहरुमा औषधी पठाउने गरेको छ । औषधालयले कर्णालीको १० वटै जिल्लामा नसर्ने रोग व्यवस्थापन गर्नको लागि स्वास्थ्य शिविर चाउनुपर्ने भएकोले औषधी ढुवानी गर्न सवारी साधनको अभाव रहेको उनले बताए । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ तिलगंगामा प्रधानमन्त्री कार्कीको नियमित आँखा परीक्षण जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो… कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट डा. रुइतले भने, ‘मेरो कर्म नेपाली र संसारभरका बिरामीको सेवामा… धेरै पढिएका १ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन २ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ५ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना ६ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ७ पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा दम्पत्ति घरभित्रै कुटिए Kalpana Craft ट्रेण्डिङ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट डा. सुवासचन्द्र यादवको सल्लाहः किन हुन्छ ‘स्लिपिङ प्यारालाइसिस’ ? कसरी बच्ने यसबाट ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स आगलागी नियन्त्रणमा आएपछि नेपाल क्यान्सर अस्पतालका सेवा सुचारु त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट डा. सुवासचन्द्र यादवको सल्लाहः किन हुन्छ ‘स्लिपिङ प्यारालाइसिस’ ? कसरी बच्ने यसबाट ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स आगलागी नियन्त्रणमा आएपछि नेपाल क्यान्सर अस्पतालका सेवा सुचारु त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण