२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्राविधिक नराख्ने फार्मेसी बन्द, संचालक पक्राउ

प्राविधिक नराख्ने फार्मेसी बन्द, संचालक पक्राउ


विराटनगर—विराटनगर– ९ स्थित आँगन फार्मेसीमा प्राविधिक नराखि औषधी पसल संचालक गर्ने संचालकलाई पक्राउ परेका छन् । आँगन फार्मेसीका संचालक जयकुमार पुलामी मगरलाई औषधी व्यवस्था विभाग विराटनगरले आइतबार पक्राउ गरेको हो ।

विभागमा औषधी पसल दर्ता भएपनि प्राविधिक नराखि औषधी विक्री वितरण हुने गरेको पाइएपछि संचालकलाई नियन्त्रणमा लिएका नेपाल औषधी व्यवस्था विभाग विराटनगरका निमित्त कार्यालय प्रमुख दिपेन्द्र खड्काले जानकारी दिए ।

फार्मेसी संचालनमा ल्याउँदा अनिवार्य औषधी सल्लाकार समितिबाट ३ महिनाको ‘ओरेनटेशन’ तालिम लिएको वा फार्मेसीमा ३ वर्ष डिप्लोमा गरेको प्राविधिक हुनुपर्ने व्यवस्था रहेको छ ।

तर, विभागले आइतबार गरिएको अनुगमनको क्रममा आँगन फार्मेसीले प्राविधिक नराखी औषधी पसल संचालन गरेको पाइएपछि फार्मेसी बन्द गरी संचालकलाई नियन्त्रणमा लिएको हो । संचालक मगरलाई जिल्ला प्रहरी कार्यालय मोरङको इरासतमा राखी अनुसन्धान सुरू गरिएको औषधी व्यवस्था विभागका निमित्त कार्यालय प्रमुख खड्काले जानकारी दिए ।

पक्राउ परेका खड्का र म्यात सकिएको औषधी बरामद भएको फार्मेसी संचालकको बयान लिएपछि औषधी ऐन २०३५ बमोजिम कारबाहीको प्रक्रिया अगाडी बढाउने कार्यालय प्रमुख खड्काले बताए ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ