२०८१ वैशाख ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशअर्कै चिकित्सकको एनएमसी दर्ता नम्बर प्रयोग गर्ने नक्कली चिकित्सक पक्राउ

अर्कै चिकित्सकको एनएमसी दर्ता नम्बर प्रयोग गर्ने नक्कली चिकित्सक पक्राउ


वीरेन्द्रनगर—अर्कै चिकित्सकको एनएमसी दर्ता नम्बर प्रयोग गरेर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा शुभलक्ष्मी कलेज अफ हेल्थ साइन्स अस्पताल सञ्चालन गर्दै आएका दीपेन्द्र काफ्लेलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । नेपाल मेडिकल काउन्सिलको परीक्षामा सहभागी नभएका काफ्लेले अन्य चिकित्सकको एनएमसी नम्वर प्रयोग गरेर अस्पताल सञ्चालन गर्नुका साथै बिरामी चेकजाँच गर्दै आएको प्रहरीको भनाइ छ ।

काफ्लेलाई नक्कली एनएमसी नम्वर प्रयोग गरेर विरामी चेकजाँच गर्नुका साथै नेपाल मेडिकल काउन्सिलमा नक्कली प्रवेशपत्र पेश गरेको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । काफ्लेले आफूलाई आईभीएफ (इनभिट्रो फर्टिलाइजेशन) विशेषज्ञ बताउने गरेका छन् ।

नेपाल मेडिकल काउन्सिलले काफ्लेले नक्कली एनएमसी नम्बर प्रयोग गरेर डाक्टर लेल्नुका साथै बिरामी चेकजाँच गरिरहेको पाइएकाले पक्राउ गरेर कारबाही गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई)लाई पत्राचार गरेको थियो । ब्यूरोको निर्देशनपछि सुर्खेत प्रहरीले काफ्लेलाई पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान ब्यूरोको निर्देशनका आधारमा शुभलक्ष्मी कलेज अफ हेल्थ साइन्स अस्पतालका सञ्चालक काफ्लेलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक (डिएसपी) रवि रावलले बताए । काफ्लेलाई ठगीमा तीन दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको डिएसपी रावलको उनले बताए ।

काफ्लेले अर्कै चिकित्सकको नामको २०३८८ नम्वरको एनएमसी नम्वर प्रयोग गर्दै आएका छन् । प्रहरीका अनुसार काफ्लेलाई ठगीसँगै आपराधिक लाभ, कीर्तेलगायतका कसुरमा पनि मुद्दा चलाइनेछ । अहिलेसम्म नक्कली चिकित्सक बनेर कति जनालाई चेकजाँच गरे भन्नेमा अनुसन्धान केन्द्रीत गरेको डिएसपी रावलले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ