२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमा ११ औं तहको समायोजन प्रक्रिया सुरु, यी स्थानमा हुँदैं पदस्थापन

स्वास्थ्यमा ११ औं तहको समायोजन प्रक्रिया सुरु, यी स्थानमा हुँदैं पदस्थापन


काठमाडौं–लामो समयसम्म अलमलमा रहेको स्वास्थ्य समूह अन्र्तगतका सहसचिव (११औं तह)को समायोजन प्रक्रिया अगाडि बढेको छ । बिहीबार सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य समूहकासह—सचिवको नामावली स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाएसँगै लामो समयदेखि अड्किएको समायोजन प्रक्रिया सुरु भएको स्वास्थ्य सचिव रामप्रसाद थपलियाले बताए ।

‘११ औं तहको समायोजन लिष्ट हाम्रो हातमा आइपुगेको छ,’ उनले हेल्थ आवजसँग भने ‘अब कुन कर्मचारी कुन सरकार (संघ र प्रदेश) मातहत अन्तर्गत रहने भन्ने अन्यौल हटेको छ ।’

मन्त्रालयमा आइपुगेको सूचीका आधारमा कर्मचारी प्रशाशन महाशाखाले सचिव हुँदैं उपप्रधान तथा स्वास्थ्य मन्त्री कहाँ पेस हुन्छ । पेस भएको प्रस्तावमन्त्री स्तरीय निर्णय भएपछि पदस्थापन हुने कर्मचारी प्रशासन महाशाखाका प्रमुख जर्नादन गुरागाईंले बताए ।

‘केन्द्रमा समायोजन हुने ११ औं तहका कर्मचारीको हकमा स्वास्थ्यमन्त्री स्तरीय निर्णय अनुसार हुनेछ,’ उनले भने, ‘प्रदेशमा समायोजन हुनेको हकमा सम्बन्धित प्रदेशमा पठाउँछौं मुख्यमन्त्री या सामाजिक विकासमन्त्रीले पदस्थापना गर्नुहुन्छ ।’
पदस्थापन हुने स्थानहरुः

११ औं तह कहाँ-कहाँ हुन्छ पदस्थापन  


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ