२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार११ औं तह समायोजनको पत्र बाँड्न थाल्यो स्वास्थ्य मन्त्रालयले

११ औं तह समायोजनको पत्र बाँड्न थाल्यो स्वास्थ्य मन्त्रालयले


काठमाडौं–सामान्य प्रशासन मन्त्रालयबाट स्वास्थ्य समूहका सह-सचिव (११ औं तह)को समायोजन सूची स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेसँगै पत्र बढ्न थालिएको छ । बिहिवार समान्य प्रसासन मन्त्रालयले ११ औं तहको समायोजन सूची स्वास्थ्य मन्त्रालय पठाएको थियो ।

‘हिजो सूची पायौं, आज शुक्रबार सबैको पत्र तयार गरिसकेका छौं,’ कर्मचारी प्रशाशन महाशाखा प्रमुख जनार्दन गुरागाइले भने, ‘अब को कुन सरकार मातहतमा रहनु हुने हो निर्कौल भइसक्यो त्यही अनुसार पत्र तयार गरेका छौं ।’

मन्त्रालयमा सूची आएसँगै बिहिवार नै मन्त्री स्तरीय निर्णय गरी स्वीकृत गरीएको हो । अवकास भएका र राजीनामा दिएकालाई हटाएर अन्य सबैको पत्र तयार पारिसकेको गुरागाइले बताए ।

समायोजन लिष्टमा परेकामध्ये २ जनाले अवकास पाइसकेका छन् भने २ जनाले यस अघि नै राजिनामा दिइसकेका थिए । अवकास पाउनेमा एनेस्थेसियोलोजिष्ट डा. जोस्नाकुमारी मास्के र जहेस केशवराज भूर्तेल रहेका थिए । त्यसैगरी बालरोग विशेषज्ञ डा. रेणु उपाध्याय प्रसाइ र रेडियोलोजिष्ट आनन्दबहादुर श्रेष्ठले यसअघि नै राजिनामा दिइसकेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ