२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयुवा चिकित्सक संघ तथा परिषद् गठन गर्दै नेपाल चिकित्सक संघ

युवा चिकित्सक संघ तथा परिषद् गठन गर्दै नेपाल चिकित्सक संघ


काठमाडौं–नेपाल चिकित्सक संघ (एनएमए)ले युवा चिकित्सकलाई समेटेर युवा चिकित्सक संघ तथा युवा चिकित्सक परिषद्को गठन गर्ने भएको छ । गत ७ जेठमा बसेको संघको कार्यकारिणी समितिले संघ तथा परिषद् गठन गरी आगामी परिषद् बैठकबाट अनुमोदन गराउने निर्णय गरेको हो ।

नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीको संयोजकत्वमा गठन हुने युवा चिकित्सक संघ र परिषद्का लागि आफ्ना १६ वटैं शाखाबाट कम्तिमा एक जना महिला पर्ने गरी ३÷३ जना युवा चिकित्सक सिफारिस गर्न पत्राचार समेत गरेको छ ।

मेडिकल एशोसिएनका महाससचिव कार्कीले नेपाल चिकित्सक संघ अन्तर्गत नै रहने गरी युवा विङको तयारी थालिएको बताए । ‘विदेशका विभिन्न मेडिकल एशोसिएसनहरुमा पनि यस्ता जुनियर विङहरु हुन्छन्,’ उनले हेल्थआवाज डटकमसँग भने, ‘नेपाल मेडिकल एशोसियएन आवद्ध वल्र्ड मेडिकल एशोसियनको पनि जुनयिनर विङ छ । त्यही अनुरुप हामीले पनि युथहरुको विङको बनाउने खोजेका हौं ।’

उनले युवा विङ गठनपछि एशोसियनका युवा लक्षित रिसर्च, अध्ययन र पठनपाठनका कामहरु प्रभावकारी बनाउन सकिने दाबी गरे । ‘हामी अहिले युवा लक्षित विभिन्न रिसर्च, आर्टिकल प्रकाशन, अध्ययनका काम गरिरहेका छौं,’ उनले भने, ‘मेचीदेखि महाकालीसम्म विभिन्न युवा चिकित्सक लक्षित कार्यक्रमहरु छन्, ती कामलाई सशक्त र सबल बनाउन युवा चिकित्सक विङको आवश्यता रहेकाले यसको गठन गर्न लागिएको हो ।’

उनले युवा विङ निर्माणपछि युवा लक्षित कार्यक्रम सफल बनाउन, युवा चिकित्सक समस्याहरु समाधान सहज हुने विश्वास ब्यक्त गरे । यसअघि कार्की नै केन्द्रीय सदस्य हुँदा पनि काउन्सिलको युवा विङ थियो । तर, युवा चिकित्सक कोही मेडिकल अफिसर, कोही रेजिडेन्ट हुने भएकाले समय दिन नसक्ने भएपछि त्यो केही वर्षदेखि निस्क्रिय बन्न पुगेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ