२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीमा कोरोना लक्षित कार्यक्रम : ३६ नाकामा हेल्थ डेस्क

कर्णालीमा कोरोना लक्षित कार्यक्रम : ३६ नाकामा हेल्थ डेस्क


वीरेन्द्रनगर—संसारभर महामारीको रुपमा फैलिएको नोभेल कोरोना भाइरस (कोभिड—१९) को संक्रमणलाई ध्यानमा राखेर कर्णाली प्रदेश सरकार र स्थानीय तहले प्रवेश गर्ने नाकामा हेल्थ डेस्क स्थापना र प्रचार—प्रसारका कामलाई तीब्रता दिएका छन् ।

मंगलबारसम्म कर्णालीका १० वटै जिल्लामा गरेर ३६ वटा हेल्थ डेस्क स्थापना भएका छन् । अन्य क्षेत्रहरुमा पनि हेल्थ डेस्क स्थापनाको काम भइरहेको बताइएको छ ।

मुगुमा सबैभन्दा बढी ९ ठाउँमा हेल्थ डेस्क स्थापना गरिएको छ । रुकुम पश्चिमा ८, सल्यानमा १, डोल्पामा २, जुम्लामा ५, जाजरकोटमा १, सुर्खेतमा ३, दैलेखमा २ वटा हेल्थ डेस्क स्थापना गरिएको छ ।

त्यस्तै, हुम्लामा ५ वटा हेल्थ डेस्क स्थापना गरिएको छ । ३६ वटा हेल्थ डेस्कमध्ये सुर्खेतका सीमा क्षेत्रमा ५ वटा सुर्खेतमा गरिएको छ । सबै हेल्थ डेस्कमा ३ चैतसम्म ३० हजार बढीको चेक जाँच गरिएको कर्णाली प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ