२०८१ असार ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशीमा तयार भयो १० वेडको आइसोलेसन वार्ड

कोशीमा तयार भयो १० वेडको आइसोलेसन वार्ड


विराटनगर—विराटनगरस्थित कोशी अस्पतालमा आइसोलेसन वार्ड तयार भएको छ । कोशी अस्पतालमा तीन कोठामा १० वटा वेडसहितको आइसोलेसन वार्ड बुधबार तयार भएको हो ।

विश्व स्वास्थ्यको संगठनको मापदण्डअनुसार आइसोलेसन वेड तयार भएको कोशी अस्पतालकी सुपरिटेन्डेण्ट मेसु डा. संगीता मिश्राले जानकारी दिइन् । ‘तीन वटा कोठामा १० बेडको आइसोलेशन वार्ड तयार भयो । त्यसलाई निर्मलीकरण गर्ने काम भरहेको छ,’ उनले भनिन्, ‘अब चेकजाँचका क्रममा कोरोना शंकास्पद व्यक्ति फेला परेमा तत्काल अन्यत्र रिफर गर्नुपर्दैन ।’

पहिले आइसोलेसन बेड नहुँदा कोशी अस्पतालले दुई जना शंकास्पद बिरामी थप उपचारका लागि धरानस्थित विपी स्वास्थ्य प्रतिष्ठान रिफर गरेको थियो । विभिन्न हेल्थ डेक्समा कोरोना संक्रमित भेटिए त्यस्ता बिरामीलाई अस्पतालसम्म ल्याउन दुई वटा एम्बुलेन्स तयार अवस्था रहेको मेसु मिश्राले बताइन् । अस्पतालले कोरोना संक्रमण रोकथामका लागि फिभर क्लिनिक पनि सञ्चालनमा ल्याएको छ ।

अस्पतालमा उपचारका लागि आएका सेवाग्राही र बिरामीहरूलाई निगरानी गरेर ज्वरो जाँच गर्न कोशी अस्पतालले फिभर क्लिनिक सञ्चालनमा ल्याएको कोशी अस्पतालका वरिष्ठ फिजिसियन डा. दिपक सिग्देलले बताए । ‘चेकजाँचको क्रममा अधिक ज्वरो आएका बिरामीलाई फिभर क्लिनिकमा ल्याएर उपचार गरिन्छ,’ उनले भने, ‘थप उपचारका लागि अलग्गै फिभर क्लिनिक सञ्चालनमा लयाएको हो ।’

फिभर क्लिनिकमा रहेका बिरामीको रिपोर्ट आउने चार दिन लाग्ने अस्पतालले जनाएको छ । अस्पतालको मुलगेटमा हेल्थ डेस्क पनि सञ्चालनमा ल्याएको छ । अस्पतालको मुलगेटमा स्वास्थ्यकर्मीहरूले यहाँ आउने सेवाग्राहीहरू सबैको ज्वरो जाँच हुने गर्दछ । हेल्थ डेक्स अगाडि अस्पताल परिसरभित्र विभिन्न १० स्थानमा हेण्डवास राखेर हात धुने व्यवस्था पनि मिलाइएको मेसु मिश्राले बताइन् ।

यहाँ आउने सेवाग्राहीले सावुन पानीले हात धोएर अस्पताल भित्र जाने प्रबन्ध मिलाइएको छ । बजारमा मास्कको अभाव भएपछि कोशी अस्पतालले आफनै स्रोतसाधन प्रयोग गरेर स्वास्थ्यकर्मी र कर्मचारीहरूका लागि मास्क उत्पादन गरेर प्रयोग गराउँदै आएको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ