२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचार६७ दिनका लागि डा. प्याकुरेल स्वास्थ्य सेवा विभागको महानिर्देशक, अरु कसले कहाँ जिम्मेवारी पाए ? (सूचीसहित)

६७ दिनका लागि डा. प्याकुरेल स्वास्थ्य सेवा विभागको महानिर्देशक, अरु कसले कहाँ जिम्मेवारी पाए ? (सूचीसहित)


काठमाडौं—स्वास्थ्य सेवा विभागले ६७ दिनको लागि १२ औं तहको महानिर्देशक पाएको छ । आगामी भदौं २२ गते अनिवार्य अवकास पाउने डा. सुशील प्याकुरेललाई उपप्रधान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय निर्णय गरी सो जिम्मेवारी दिइएको हो ।

स्वास्थ्य सेवा ऐनमा विभागको महानिर्देशकको जिम्मेवारी स्वास्थ्य सेवाको १२ औं तहले गर्ने उल्लेख छ । नयाँ संरचनामा पनि सो विभागमा १२ औं तहकै नेतृत्वमा हुने उल्लेख छ । स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य समूहमा ३ जना १२ औं तहको दरबन्दी भएतापनि हाल डा. प्याकुरेल १ जनामात्र रहेका छन् ।

स्वास्थ्य सेवा विभागमा पद्स्थापन भएका डा. प्याकुरेलले बुधवारबाट विभागमा गएर कार्यभार सुरु गर्ने बताए । वर्तमान निमित्त निर्देशक भएका डा. गुणराज लोहनीलाई कोशी अस्पताल विराटनगर पठाइएको छ ।

दुई वर्षअघि एक हप्ताका लागि १२ औं तहका डा. विनोदमान श्रेष्ठ विभागको महानिर्देशक भएका थिए । एकदिन हाजिर गरेर विदेश गएका उनी फर्कदा कार्यकाल सकिइसकेको थियो । पूर्व स्वास्थ्यमन्त्री दिपक बोहोराले तत्कालीन निमित्त निर्देशक डा. राजेन्द्र पन्तलाई हटाएर डा. तारा पोखरेललाई निमित्त निर्देशकमा जिम्मेवारी दिएका थिए ।

सो निर्णय विरुद्ध डा. पन्त सर्वोच्च अदालत गएका थिए । सर्वोच्चले डा. पौडेलको नियुक्ति कानुन विपरीत भएको पैसला गरेपछि पुर्व मन्त्री बोहोराले अवकास पाउन ७ दिन बाँकी रहेका १२ औं तहका डा. विनोदमान श्रेष्ठलाई जिम्मेवारी दिएका थिए । पछिल्लो ५ वर्षमा १२ औं तह भएर लामो समय विभागको नेतृत् वगर्ने पूर्व सचिव डा. सेनेन्द्रराज उप्रेती हुन् । उनले साढे एक वर्ष विभागको नेतृत्व गरेका थिए ।

नयाँ संरचनाः कसको जिम्मेवारी कहाँ ?

स्वास्थ्य सेवा विभाग महानिर्देशक—डा. सुशील प्याकुरेल
आयुर्वेद तथा वैकल्पिक विभाग—डा. वासुदेव उपाध्याय (यथावत)
गुणस्तर मापन तथा नियमन महाशाखा—डा. दीपेन्द्ररमण सिंह
परिवार कल्याण महाशाखा—डा. भीमसिंह तिंकरी
समन्वय महाशाखा तथा प्रवक्ता—महेन्द्र श्रेष्ठ
ब्यवस्थापन महाशाखा—भोगेन्द्रराज डोटेल
नीति, योजना तथा अनुगमन महाशाखा—डा. विकास देवकोटा
कोशी अञ्चल अस्पताल—डा गुणराज लोहनी
राष्ट्रिय औषधी प्रयोगशाला—नारायणप्रसाद ढकाल
सार्क क्षयरोग केन्द्र—डा. रमेश खरेल
राष्ट्रिय तालिम केन्द्र—मोहम्मद दाउद
राष्ट्रिय क्षयरोग केन्द्र—डा. सागरराज भण्डारी
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र—डा. अनुज भट्टचन
उपचारात्मक महाशाखा—डा. तारा पोखरेल
आयुर्वेद, अनुसन्धान तथा तालिम केन्द्र—डा. रामाधार यादव
स्वास्थ्य, शिक्षा तथा सूचना केन्द्र—सुनिल शर्मा (काजमा मन्त्रालय)
कान्ति बाल अस्पताल—डा. आरपी विच्छा (मेसु)
भरतपुर अस्पताल—डा. श्रीराम तिवारी (मेसु)
नरदेवी आयुर्वेद अस्पताल—डा. प्रदीप केसी (मेसु)
भेरी अस्पताल—डा. विषनसिंह बोहरा (मेसु)
नारायणी अस्पताल—डा. मदन उपाध्याय (मेसु)
कोशी अञ्चल अस्पताल—डा. सुधा देवकोटा (काज)
डडेल्धुरा अस्पताल—डा. कृष्णप्रसाद खनाल (मेसु)
शुक्रराज अस्पताल—डा. मनिषा रावल
वीर अस्पताल—डा. विष्णुबहादुर बस्नेत
औषधी ब्यवस्था विभाग निमित्त महानिर्देशक—पानबहादुर क्षेत्री


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ