२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनिजी अस्पतालले शंकास्पद निमोनियाका बिरामी समेत भर्ना लिएनन्

निजी अस्पतालले शंकास्पद निमोनियाका बिरामी समेत भर्ना लिएनन्


काठमाडौं– ग्वार्कोस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा सोमबार शंकास्पद निमोनियाका बिरामी उपचार गर्नका लागि गए । बिरामी अस्पताल पुगेर भर्नाका लागि नाम लेखाउन खोजे । तर, बिरामीमा शंकास्पद निमोनियाको लक्षणहरु देखिएपछि अस्पतालले भर्ना लिन मानेन् । अस्पतालले भर्ना गर्न नमानेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हटलाइनमा कम्प्लेन आयो ।

मन्त्रालयका अधिकारीले अस्पताललाई बिरामी तत्काल भर्ना गरेर उपचार सुरु गर्न दबाब दिए । तर, किष्ट मेडिकल कलेजले आफूहरुसँग स्वास्थ्यकर्मीका लागि आवश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) नभएको भन्दै बिरामी भर्ना लिन नसक्ने भनेर पन्छिन् खोज्यो । मन्त्रालयका अधिकारीहरुले अस्पतालसँग सोधे, ‘तपाईले मन्त्रालयसँग पीपीई माग्नुभएको थियो ?’

उताबाट जवाफ आयो, ‘मागेका त थिएनौं ।’ मन्त्रालयका अधिकारीहरुले किष्टलाई तत्काल मन्त्रालयबाट माग फारम भरेर पीपीई लैजान भने । किष्टले मान्छे पठाएर पीपीई लिएर गएपछि बल्ल शंकास्पद निमोनियाका बिरामी भर्ना लिएर उपचार थाल्यो ।

यस्तै घटना मंगलबार नेपाल मेडिकल कलेज अत्तरखेलमा दोहोरियो । ज्वरो आएका दुई जना वच्चा इमर्जेन्सीमा भर्नाका लागि आए । ज्वरो आएको भन्नेबितिकै अस्पतालले भन्यो, ‘यहाँ हुँदैंन्, अन्यत्रै लैजानुहोस् ।’

अस्पतालले भर्ना लिन नमानेको गुनासो मन्त्रालयको हटलाइनमा आएपछि मन्त्रालयका अधिकारीले अस्पताललाई बिरामीलाई भर्ना गर्न आग्रह गरे । तर, नेपाल मेडिकल कलेजले पनि पीपीई नभएकाले भर्ना गर्न नसक्ने जवाफ दियो । मन्त्रालयका अधिकारीहरुले पीपीई मन्त्रालयसँग माग्नुभएको थियो भनेर सोध्दा अस्पतालले भन्यो, ‘मागेको त छैन् ।’ त्यसपछि मन्त्रालयले माग फारम भरेर तत्काल पीपीई लैजान भन्यो । अस्पतालले पीपीई लिएर गएपछि दुवै बच्चालाई भर्ना गरे उपचार सुरु गर्यो ।

तेस्रो घटना चाबहिलस्थित गुरु दीघार्यु अस्पतालमै सोमबार राति ११ बजे दोहोरियो । गुरु दीघार्युले ज्वरो आएर राति अबेर पुगेका बिरामीलाई उपचार नै नगरी फिर्ता गरिदियो । मन्त्रालयको हटलाइनमा यसबारेमा मंगलबार विहान १० बजे गुनासो आएपछि मन्त्रालयले गुरु दीघार्यु अस्पताललाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ ।

संसारमा कोरोना भाइरस (कोभिड–१९) महामारीको सन्त्रास फैलिइरहेका बेला नेपालमा निजी अस्पतालहरुले शंकास्पद निमोनियाका बिरामीहरुलाई नै भर्ना लिन छाडेका छन् । माथिका तीन घटना त प्रतिनिधी घटनामात्रै हुन् । काठमाडौं उपत्यका र काठमाडौं बाहिरका केही निजी अस्पतालहरुले पनि सामान्य निमोनिया देखिएका बिरामीको पनि भर्ना लिन र उपचार गर्न नमानेपछि अहिले मन्त्रालयले यस्ता अस्पतालहरुलाई कारवाही गर्ने तयारी गरेको छ ।

मंगलबार मन्त्रालयले सचिव यादवप्रसाद कोइरालाको नेतृत्वमा गठन गरेको ७ सदस्सीय सरकारी तथा निजी अस्पताल व्यवस्थापन समन्वय समितिले सामान्य बिरामीलाई उपचार प्रक्रियामा नलग्ने र न्यूनतम उपचार सेवा उपलब्ध नगराउने अस्पतालको दर्ता खारेजी गर्ने सम्मको तयारी गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ