२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीका चिकित्सकले भने, ‘लक डाउनलाई कडाइका साथ पालना गर्नुहोस्’

कर्णालीका चिकित्सकले भने, ‘लक डाउनलाई कडाइका साथ पालना गर्नुहोस्’


वीरेन्द्रनगर–कर्णाली प्रदेश अस्पतालमा कार्यरत चिकित्सकहरुले लक डाउनलाई अझै कडाइका साथ पालना गर्न आग्रह गरेका छन् । एक संयुक्त विज्ञप्ति जारी गर्दै चिकित्सकहरुले नेपालमा कोभिड–१९ विदेशमा जस्तो ठूलो संख्यामा संक्रमण देखिएमा देशको सिमित स्वास्थ्य संरचनाले नधान्ने भन्दैं लकडाउनलाई कडाइपूर्वक पालना गर्न सबै नागरिकलाई आग्रह गरेका हुन् ।

चिकित्सकहरुले कर्णालीमा अहिले पनि ‘कोभिड–१९’ उपचारमा चाहिने अत्यावश्यक साधनहरु नभएकोले सबैलाई सचेत रहन आग्रह गरेका हुन् । चिकित्सकहरुले अहिलेको अवस्थामा अरु उपचार भन्दा पनि भाइसरबाट कसरी जोगिने र अरुलाई कसरी जोगाउने भन्नेमा जोड दिनुपर्ने बताएका छन् ।

उनीहरुले पछिल्लो समयमा ‘कोभिड–१९’ले संसारभरी महामारीको रुप लिइरहेको बेला छिमेकी मुलुक भारतमा पनि यसले ठूलो असर पारेको उल्लेख गर्दै देशको सिमित स्वास्थ्य संरचना, न्यून मात्रामा रहेको स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाहरुले यसको रोकथाम र उपचारमा कस्तो भूमिका खेल्छ भन्नेमा आफूहरु नै विश्वस्त नभएको जनाएका छन् ।

साथै चिकित्सकहरुले तत्काल उपचारको लागि चाहिने भनेको माक्स, पन्जा, स्यानिटाइजर र डिसइन्फिकटेन्टजस्ता आवाश्यक सामाग्रीहरुको लक डाउनले गर्दा आपुर्ति बन्द भएको भन्दै बजारमा भएका सामानहरुको पनि कालो बजारीयाको हालीमुहाली भएकोले यो अबस्थामा कर्णालीका चिकित्सकहरु कसरी उपचार गर्न सक्छौ ? भनेर प्रश्न गरेका छन् ।

पछिल्लो समयमा सरकारले लागू गरेको लकडाउनलाई जनमानसमा राम्रोसँग बुझाउन नसक्दा र लागू नभएकोमा चिकित्सकले चिन्ता ब्यक्त गरेका छन् । लकडाउनको बारेमा कसरी हुन्छ सम्बन्धित निकायले राम्रोसँग बुझाउन जरुरी भएको उनीहरुले विज्ञप्ती उल्लेख गरेका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ