२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोमाका विरामीलाई स्वदेश ल्याउन सुरू, पहिलो विरामीको ट्रमामा उपचार हुँदै

कोमाका विरामीलाई स्वदेश ल्याउन सुरू, पहिलो विरामीको ट्रमामा उपचार हुँदै


काठमाडौं—सरकारले वैदेशिक रोजगारीको सिलसिलामा विदेशका विभिन्न अस्पतालको कोमामा रहेका नेपाली कामदारलाई स्वदेश फिर्ता ल्याउन थालेको छ । गम्भीर प्रकृतिका विरामीलाई स्वदेश ल्याउने क्रममा झापाका ओमनाथ ढकाललाई स्वदेश ल्याएर उपचार सुरु गरिएको हो ।

४१ वर्षीय ढकालको राष्ट्रिय ट्रमा सेन्टरको न्युरो वार्डमामा राखेर उपचार सुरु गरिएको छ । यसअघि उनलाई वीर अस्पतालको आइसीयुमा राखिएको थियो । सोमबार विहानमा उनलाई ट्रमा सारिएको हो ।

दुई वर्षअघि कोरियामा गएका ढकाललाई ब्रेन हेमरेज भएको वीरका निर्देशक डा. केदार सेन्चुरीले जानकारी दिए । ‘ब्रेन हेमरेजका साथै मल्टिपल समस्या छ । प्यारालाइसिस भएको छ,’ डा. सेन्चुरीले भने । ढकालले इसारा मात्र गर्न सक्छन् । बोल्न सक्दैनन् । उनी सात महिनादेखि कोरिया, बुसानस्थित नेशनल युनिभर्सिटी अस्पतालमा कोमामा रहेका थिए ।

ढकालजस्तै कोमामा रहेका २८ नेपाली कामदारलाई स्वदेश फर्काउने योजना रहेको बैदेशिक रोजगार बोर्डले जनाएको छ । वैदेशिक रोजगारको क्रममा करार अवधिभित्र दुर्घटनामा परी कोमामा रहेका कामदारलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरिएको हो ।

दक्षिण कोरिया, साउदी अरब, कतार, कुबेत, युएईलगायत विभिन्न मुलुकमा विभिन्न अस्पतालमा कोमामा रहेका २८ कामदारलाई स्वदेश फर्काइने बोर्डले जनाएको छ ।

वैदेशिक रोजगार बोर्डका अध्यक्ष समेत रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको अध्यक्षतामा असार ८ गते बसेको बैठकले विरामी ल्याउने निर्णय गरेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ