२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयसरी भयो नेपालमा कोरोना संक्रमणको पहिलो ‘लोकल ट्रान्समिसन’

यसरी भयो नेपालमा कोरोना संक्रमणको पहिलो ‘लोकल ट्रान्समिसन’


काठमाडौं–नेपालमा पहिलो पटक कोरोना भाइरस कोभिड–१९ को ‘लोकल ट्रान्समिसन’ भएको पाइएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कैलालीकी एक स्थानीय ३४ वर्षीया महिलामा कोभिड–१९ देखिएको पुष्टी गरेसँगै नेपालमा कोरोनाको ‘लोकल ट्रान्समिसन’को पहिलो केस सत्तहमा आएको हो ।

जनस्वास्थ्य विज्ञहरुले यसलाई नेपालमा कोरोनाको पहिलो ‘लोकल ट्रान्समिसन’ भनेका छन् । डा. अनुराग उप्रेतीले आफ्नो फेसबुकमा नेपाल अब कोभिड–१९ को इपिडेमिकको दोस्रो स्टेजमा प्रवेश गरेको उल्लेख गरेका छन् । ‘हामी कोभिड–१९ इपिडेमिकको स्टेज २ मा प्रवेश गर्यौं,’ डा. उप्रेतीले लेखेका छन्, ‘कैलालीमा ३४ वर्षीया महिलामा संक्रमण (यसअघि कैलालीमा संक्रमित भेटिएका पुरुषको आफन्त ।’

शनिबार कोभिड १९ पोजेटिभ देखिएकी धनगढीकी महिला ७ चैतमा दुबईबाट नयाँदिल्ली हुँदैं काठमाडौं ओर्लिएका ३४ वर्षीया धनगढीका युवककी भाउजु हुन् । ७ चैतमा काठमाडौं ओर्लिएका ती युवा ८ चैतमा वुद्ध एयरमा नेपालगन्ज र त्यहाँबाट माइक्रोमा धनगढी अत्तरिया पुगेका थिए । त्यसपछि उनी स्थानीय गाडीमार्फत घर पुगेका थिए । घरमा २ दिनपछि १० चैतमा उनमा ज्वरो देखियो । ज्वरो देखिएपछि उनी ११ चैतमा उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना भएँ ।

त्यहाँ भर्ना भएपछि चिकित्सकहरुले उनमा कोभिड–१९ का सम्भावित लक्षणहरु देखिएपछि थ्रोट स्वाब परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाएका थिएँ । टेकु पठाइएको उनको स्वाब परिक्षण गर्दा १४ चैतमा उनमा कोभिड–१९ पुष्टी भएको थियो । त्यसको केही दिनपछि उनका परिवारका सदस्यहरुलाई पनि क्वारेन्टाइनमा राखियो । तर, क्वारेन्टाइनमा बस्न परिवारका सदस्यले गाह्रो भएको गुनासो गरेपछि होम क्वारेन्टाइन्टमा बस्ने घर पठाइएको थियो ।

२० चैतमा ती युवकका परिवारका सदस्यको थ्रोट स्वाब लिएर परिक्षणका लागि काठमाडौं पठाइयो । युएईबाट कोरोना संक्रमित भएर फर्किएका ती युवकीकी भाउजुमा उनलाई भेटेको १२ दिनपछि २२ चैत (आज) कोभिड–१९ संक्रमण पोजेटिभ देखिएको हो । यसले नेपालमा पनि कोभिड–१९ को संक्रमणको पहिलो ‘लोकल ट्रान्समिसन’ भएको देखिएको छ ।

विश्व स्वास्थ्य संगठनले पहिलो चरण बाहिरबाट फर्किनेहरुमा देखिने पचरणलाई भनेको छ । दोस्रो चरणलाई उसले ‘लोकल ट्रान्समिसन’ को चरण भनेको छ । जसमा बाहिरबाट आएका व्यक्तिहरुमार्फत आफ्नो परिवार र समुदायका व्यक्तिहरुमा कोभिड–१९ को संक्रमण फैलिने प्रवृत्ति रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ