२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारजलवायु परिवर्तनले ‘हिट स्ट्रेस’ बढ्यो, कुन मुलुक बढी प्रभावित हुनेछन् ?

जलवायु परिवर्तनले ‘हिट स्ट्रेस’ बढ्यो, कुन मुलुक बढी प्रभावित हुनेछन् ?


काठमाडौं-विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जलवायु परिवर्तनले स्वास्थ्यमा असर परिरहेको जनाएको छ । जलवायु परिवर्तनका कारण ‘हिट स्ट्रेस’ (तापजन्य तनाव)बढेको डब्लुएचओको दावी छ ।

तापजन्य तनावका कारण काम गर्ने क्षमतामा ह्रास आउने, थकान महसुस हुने,शरीर कमजोर हुने र अन्त्यमा मृत्युको दर समेत बढ्ने चेतावनी डब्लुएचओले दिएको छ । विश्वभर सन् २०३० र २०५० का बीच एक वर्षमा ३८ हजार थप मानिसको मृत्यु हुन सक्ने जनाएको छ ।

तापजन्य तनावबाट कृषि मजदुर, महिला बढी प्रभावित हुने छन । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले पनि सन् २०३० सम्ममा गर्मीले उत्पन्न हुने तनावका कारण काम गर्ने क्षमतामा ६० प्रतिशतसम्म कमी हुन सक्ने प्रक्षेपण गरेको छ । यो शताब्दीको अन्त्यसम्ममा स्थिति भयावह हुने चेतावनी समेत दिइएको छ ।

आइएलओको ‘वर्किङ अन अ वार्मर प्लानेट’ शीर्षकको प्रतिवेदनमा हिट वेभको सबैभन्दा बढी दुष्प्रभाव शरीरमा पर्ने औल्याइएको छ । गर्मीले सबैभन्दा बढी प्रभावित हुने मुलुकमा कम्बोडिया, चाड, थाइल्याण्ड, सुसडान, भारत, चीन, अमेरिका रहने प्रतिवेदनमा उल्लेख छ । यी मुलुकमा नोकरीमाथि नै असर पर्ने जनाइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ