२०८१ कात्तिक २१, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाली सेनाका दुई चिकित्सकको बढुवा

नेपाली सेनाका दुई चिकित्सकको बढुवा


काठमाडौं—सरकारले नेपाली सेनाका दुई प्राविधिकतर्फका चिकित्सकको बढुवा गरेको छ । मन्त्रिपरिषद्को असार १२ गतेको बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सूचना तथा प्रविधी मन्त्री गोकुल बाँस्कोटाले बिहीबार उक्त जानकारी दिएका हुन् ।

प्राविधिकतर्फका महासेनानी (कर्णेल) डा. मुकुन्द सिंह श्रेष्ठको सहायक रथी (बिग्रेडियर जनरल)मा र प्राविधिकतर्फकी प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) डा. सुनिता पन्तको महासेनानी (कर्णेल)मा पदोन्नती भएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । रेडियोलोजिष्ट डा. श्रेष्ठ र एनेस्थेसियोलोजिष्ट डा. पन्त छाउनीस्थित आर्मी अस्पतालमा कार्यरत छन् ।

यसैगरी, सरकारले नेपाली सेनाकै प्राविधिक सहायक रथी (बिग्रेडियर जनरल) डा. अरुणकुमार न्यौपानेलाई सरुवा गर्ने निर्णय गरेको छ । यसअघि नेपाली सेनाको हेडक्वार्टरमा कार्यरत उनलाई सैनिक अस्पताल छाउनीमा सरुवा गरिएको सैनिक प्रवक्ता पाण्डेले जानकारी दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ