२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविपी प्रतिष्ठानको अर्को विवादास्पद निर्णयः विपन्न र असहायलाई दिइदैं आएको निःशुल्क सेवा कटौंती

विपी प्रतिष्ठानको अर्को विवादास्पद निर्णयः विपन्न र असहायलाई दिइदैं आएको निःशुल्क सेवा कटौंती


धरान–चिकित्साशास्त्रतर्फको स्नातकोत्तर कार्यक्रममा स्वदेशीभन्दा विदेशी विद्यार्थी बढी भर्ना गर्ने तयारी गरेर विवादमा तानिएको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अर्को विवादास्पद निर्णय गरेको छ । असार १३ गते  सर्कुलर जारी गर्दै विपी प्रतिष्ठानले विपन्न, असहाय र जेष्ठ नागरिकहरुलाई दिदैं आएको निःशुल्क उपचार तथा छुट सुविधा बन्द गरेको हो ।

अस्पतालका निर्देशक गौरीशंकर शाहले जारी गरेको सर्कुलर/सूचनामा यस आर्थिक वर्षका लागि कोषको पैसा सकिएकाले उक्त सुविधा बन्द गरिएको उल्लेख छ । ‘प्रतिष्ठानले वार्षिक बजेट छुट्याई विपन्न, असहाय, बेवारिसे, जेष्ठ नागरिक, अपांग, कैदी बन्दी आदिलाई उपचारमा विरामीको अवस्था हेरी निःशुल्क तथा छुट गर्दै आएकोमा आ.व. २०७५/०७६ मा उक्त शीर्षकमा छुट्याइएको रकम सकिएको हुँदा हाललाई यो सुविधा बन्द गरिएको र आगामी आ.ब.देखि पुनः सुचारु गरिने कुरा जानकारी गराइन्छ,’ उक्त सर्कुलर/सूचनामा भनिएको छ ।

नागरिकको स्वास्थ्य सेवामा सहज पहुँचको बहस चलिरहेका बेला सरकारी अनुदानमा चलेकै एक प्रतिष्ठित प्रतिष्ठानले विपन्न, असहाय, जेष्ठ नागरिक, बेवारिसे, अपांग र कैदी बन्दीलाई दिइदैं आएको निःशुल्क र छुटको ब्यवस्था हटाउनुलाई कतिपयले सामाजिक उत्तरदायित्वबाट भागेको रुपमा अर्थ लगाएका छन् । सरकारी अनुदानमा चल्ने संस्थाले खर्चको १० प्रतिशत यस्तो कार्यमा खर्चिनुपर्ने नियम छ । तर, विपी प्रतिष्ठानले भने कोषमा रकम सकिएको भन्दैं सामान्य सामाजिक उत्तरदायित्वको भूमिकाबाट पनि आफूलाई च्युत गरेको हो ।

‘विपन्न कोष सकिएकाले बन्द गरिएको भनिएको छ, कोष सकिन सक्छ,’ विपी प्रतिष्ठान निकट एक स्रोतले भन्यो, ‘तर, अन्य तिरबाट रकम ब्यवस्थापन गरेर भएपनि यस्तो सेवा कटौती गर्नु हुँदैन्थ्यो । सरकारी अनुदानमा चलेको प्रतिष्ठानको दायित्व पनि त हुन जान्छ ।’ विपी प्रतिष्ठानमा तराईं क्षेत्रका विपन्न समुदायका नागरिकले स्वास्थ्य सेवा लिन्छन् । यो सेवा बन्द गरेसँगै उनीहरु थप समस्यामा गरेका छन् ।

यही विषयमा हेल्थआवाज डटकमले अस्पतालका दिर्नेशक डा. शाहलाई सम्पर्क गर्दा उनले फोन रिसिभ गरेनन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ