२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशीमा कोरोनाको परीक्षण हुने, मुख्यमन्त्री राईद्धारा निरिक्षण

कोशीमा कोरोनाको परीक्षण हुने, मुख्यमन्त्री राईद्धारा निरिक्षण


विराटनगर–कोरोना भाइरस (कोभिड १९) शंकास्पद बिरामीको नमूना परिक्षणका लागि कोशी अस्पताल विराटनगरमा राखिएका ल्याबको प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले शुक्रबार निरिक्षण गरेका छन् ।

कोरोना भाइरसको कोशी अस्पताल विराटनगरबाट शंकास्पद व्यक्तिको नमूना परीक्षण सुरु गर्नुपूर्व मुख्यमन्त्री राई, सामाजिक विकास मन्त्री जीवन घिमिरेले ल्याबको निरिक्षण गरेका हुन् । विराटनगरबाट कोरोना परीक्षणका लागि आवश्यक तयारी सकिएपछि प्रदेश सरकारबाट ल्यावको निरिक्षण गरिएको हो ।

ल्याबको निरिक्षण गर्दै मुख्यमन्त्री राईले कोशी अस्पतालमा राखिएको ल्याब काठमाडौंपछिको ठूलो क्षमताको भएको बताए । उनले विराटनगरको ल्याबबाट दैनिक बढीमा २ सयसम्मको नमूना संकलन गर्न सकिने बताए । ‘भयको स्थिति भएकाले ढुक्क हुन पनि अधिकतम परिक्षणमा जानुप¥यो,’ उनले भने, ‘कोरोना परिक्षणलाई उच्च प्राथमिकतामा राखेर मेसिनहरु सञ्चालन गरिएको हो ।’

कोरोना परीक्षणका लागि आवश्यक उपकरणहरु र केमिकलहरु बिहिबार हेलिकप्टरबाट विराटनगर ल्याइएको थियो । कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेन्डेन्ट डा. संगीता मिश्राले सम्भवत शुक्रबार साँझदेखि परीक्षण सुरु गरिने बताइन् । ‘आज साँझदेखि परीक्षण सुरु सम्भव नभए भोलि विहानदेखि सुरु गर्छौ,’ उनले भनिन् ।

विराटनगरबाट गरिने कोरोना परीक्षणका लागि पहिलो चरणमा ६ सय जनाको नमूना संकलन गर्न पुग्ने केमिकल ल्याइएको वीर अस्पताल काठमाण्डौंका जेनेटिक साइन्टीस् तथा कोरोना परिक्षण विज्ञ समूहका बलराम गौतमले बताए ।

यसैबीच क्वारेन्टाइनमा बसेकाहरुको ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी)का लागि आज देखि प्रदेश १ का ४ स्थानमा टोली खटिएको छ । मोरङको टाँडी, झापाको मेचीनगर र भद्रपुर, सुनसरीको धरान र उदयपुरको बेलश्रोत क्वारेन्टाइनमा बसेकाको आरडिटीका लागि टोली प्रस्थान गरेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । शुक्रबार र शनिबारमा प्रदेश १ का १४ वटै जिल्लामा रहेका क्वारेन्टाइनमा बसेकाको टेष्टका लागि आवश्यक सामान किट र पीपीई पठाइसकिने मन्त्री घिमिरेले वताए ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ