२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रधानमन्त्रीलाई विपी प्रतिष्ठानका चिकित्सकको ज्ञापन, तलब वृद्धिदेखि स्वच्छ खानेपानीसम्मका माग

प्रधानमन्त्रीलाई विपी प्रतिष्ठानका चिकित्सकको ज्ञापन, तलब वृद्धिदेखि स्वच्छ खानेपानीसम्मका माग


काठमाडौं-धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले विभिन्न मागहरु राख्दैं प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । असार १८ गते विपी प्रतिष्ठानको चिकित्सा तथा दन्त-चिकित्सा शिक्षण कल्याण समाजले प्रधानमन्त्रीलाई विभिन्न ७ बुँदे माग राख्दैं ज्ञापनपत्र बुझाएको हो ।

समाजका अध्यक्ष डा. विष्णु पोखरेल र महासचिव डा.एसपी रिमालले हस्ताक्षर गरेको उक्त ज्ञापनपत्रमा तलब वृद्धि, फ्याकल्टीहरुको सामयिक बढुवा, फ्याकल्टीहरुको सुविधा, तलबी प्रसुती विदा, स्वच्छ पिउने पानी, आवास मर्मत, टिचर्स र रिसर्च तालिमजस्ता मागहरु राखिएका छन् ।

प्रधानमन्त्री ओली प्रतिष्ठानका कुलपति पनि हुन् । कुलपतिलाई सम्बोधन गर्दै बुझाइएको उक्त ज्ञापनपत्र संघीय स्वास्थ्यमन्त्री जो प्रतिष्ठानका सहकुलपति समेत हुन, प्रदेशका १ का मुख्यमन्त्री, प्रतिष्ठानका सञ्चालक परिषद् सदस्य र प्रतिष्ठानका पदाधिकारीहरुलाई बोधार्थ बुझाइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ