२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचार‘प्रमाणित नेतृत्व क्षमता भएको योग्यतम ब्यक्ति’लाई चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बनाउन आग्रह

‘प्रमाणित नेतृत्व क्षमता भएको योग्यतम ब्यक्ति’लाई चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बनाउन आग्रह


काठमाडौं-सोलिडारिटी फर डा. केसी अलायन्सले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष प्रमाणित नेतृत्व क्षमता भएको योग्यतम ब्यक्ति नियुक्ति हुने वातावरण मिलाउन आग्रह गरेको छ । विहीबार अलायन्सका संयोजक डा. जीवन क्षेत्रीले एक विज्ञप्ति जारी गर्दै आयोगको कार्यकारी प्रमुखका रुपमा समग्र आयोगकै लिगेसी निर्धारण गर्ने पहिलो उपाध्यक्ष नियुक्तिमा हतारो नगर्न समेत आग्रह गरिएको छ ।

‘उपाध्यक्ष नियुक्तिको प्रक्रिया शुरु भएकोमा तोकिएको अवधि अहिले सकिनै लागेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तर समग्रमा आयोगकै लिगेसी निर्धारण गर्ने पहिलो उपाध्यक्ष नियुक्तिमा हतारो नगरी प्रमाणित नेतृत्व क्षमता भएको योग्यतम व्यक्ति नियुक्ति हुने वातावरण मिलाउन सबै पक्षहरुसँग हार्दिक आग्रह गर्दर्छौं ।’

साथै एलाइन्सले आयोगको उपाध्यक्ष छनोटका लागि पर्याप्त गृहकार्य गर्न तथा उम्मेदवारहरुको आवेदनका लागि पर्याप्त समय उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ । उसले चिकित्सा शिक्षा ऐन पारित भैसकेको अवस्थामा प्रस्तावित चिकित्सा शिक्षा आयोगको नेतृत्व निर्धारण सबैभन्दा संवेदनशील र दुरगामी महत्वको भनेको छ ।

‘जिम्मेवार निकायहरुको नेतृत्व गैर–जिम्मेवार हुँदा हुन जाने संस्थाकै क्षयीकरण हामीले अहिलेसम्म बारम्बार देखेका छौं । त्यसैले आयोगको नेतृत्व छनोटमा त्यस्तो नहोस् भनेर सबै सचेत हुनु जरुरी छ,’ एलायन्सले भनेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ