२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि ६ जनाको आवेदन

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि ६ जनाको आवेदन


काठमाडाैं-राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षक लागि ६ जना चिकित्सकको आवेदन परेको छ । आवेदन दिनेहरुमा डा. निलमणी उपाध्याय, डा. प्रमोद कुमार सर्राफ, डा.पारस पोखरेल, डा. श्रीकृष्ण गिरी, डा. निलम्बर झा र डा.रमेश प्रसाद सिंह रहेका छन् ।

६ जनाको आवेदन परेको कुरा शिक्षा तथा प्रविधि मन्त्रालयले जनाएको छ । ९ असारमा लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको संयोजकत्वमा रहेको उपाध्यक्ष सिफारिस समितिले एक सूचना प्रकाशित गर्दै विभिन्न योग्यताहरु तोक्दैं १५ दिनभित्र दरखास्त पेश गर्न आव्हान गरेको थियो ।

उक्त आव्हान गरेको अन्तिम दिन २३ असारसम्म ६ जनाको आवेदन परेको हो । चिकित्सा शिक्षा सुधारका लागि महत्वपूर्ण मानिएको चिकित्सा शिक्षा आयोगको गठन प्रक्रिया समेत अगाडि बढेको छ । राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ कार्यन्वयनमा आएको झण्डै चार महिनापछि चिकित्सा शिक्षा आयोग गठन प्रक्रिया अगाडि बढेको हो ।

चिकित्सा शिक्षा ऐनको, २०७५ को दफा ५ मा चिकित्सा शिक्षा आयोग गठन हुने ब्यवस्था उल्लेख छ । सोही दफाको उपदफाले १ (घ) ले चिकित्सा शिक्षा आयोगमा चिकित्सा क्षेत्रमा विशिष्ट योगदान पु¥याएका चिकित्सकहरुबाट नेपाल सरकारले एक जना उपाध्यक्ष हुने प्रावधान छ । उपाध्यक्ष चिकित्सक सेवा आयोगको प्रमुख कार्यकारीका रुपमा रहने भएकाले पनि यसलाई महत्वपूर्ण पद मानिएको छ ।

 

* डा.प्रमोद कुमार सर्राफ हुनुपर्नेमा यस अघि अन्यथा भएकोमा सच्चाइएको छ


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ