२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविपीको विशेषज्ञ चिकित्सा भर्ना प्रकृया विवादः सर्वोच्चले बोलायो दुवै पक्षलाई

विपीको विशेषज्ञ चिकित्सा भर्ना प्रकृया विवादः सर्वोच्चले बोलायो दुवै पक्षलाई


विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको विशेषज्ञ चिकित्सक अध्ययनको भर्ना प्रकृया विषयलाइ लिएर सर्वोच्च अदालतमा परेको रिटका विषयमा छलफलका लागि दुवै पक्षलाइ बोलाएको छ ।

अन्तरीम आदेशमा माग भएको विषयमा रिट निवेदक र विपक्षी बनाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रतिष्ठान लगायत सरोकारवालालाई छलफल गर्नु उपयु भएको ठहर गर्दै आगामी २९ गतेलाइ बोलाइएको छ ।

सबोच्चले विपीको भर्ना प्रकृयामा के कसो भएको हो? त्यसको महान्ययधिवक्ताको कार्यालय मार्फत जानकारी १५ दिन भित्रमा जानकारी दिन विपक्षीको नाममा आदेश पनि दिएको छ ।

प्रतिष्ठानले विशेषज्ञ चिकित्सक अध्ययन (एम डिरएमडिएम एसरएमडिएस) को लागि यस वर्ष निकालेको शैक्षिक सूचना कानुन विपरित भएको भन्दै दुइ हप्ता अघि डा पुष्पमणी खरालले सर्बोच्चमा रिट दायर गरेका थिए ।

रिटमाथि अघिल्लो शुक्रवार सुनुवाइ गर्दै सवोच्चका न्यायधीस टंक बहादुर मोक्तानको एकल इजलासले तत्काल भर्ना प्रकृया अगाडी नबढाउन आन्तरीम आदेश सहित दुवै पक्षलाइ छलफलमा बोलाउन उत्प्रेसण दिएका थिए ।

दुई हप्ता पहिले प्रतिष्ठानले यस वर्षको लागि विशेषज्ञ चिकित्सक अध्ययनको लागि कोटा निर्धारण गरेको सूचना प्रकाशित गरेको थियो । सो सूचना चिकित्सा शिक्षा ऐनको दफा १७ को उपदफा ५ विपरीत भएको भन्दै सर्वोच्चमा रिट दायर भएको थियो । सो उपदफामा कुल सिट मध्ये एक तिहाइ भन्दा बढी विदेशी विद्यार्थीलाई छुट्याउन नपाइने उल्लेख छ ।

तर विपीका पदाधीकारीहरुले सो दफाको गलत व्याख्या गरी एक मुस्टमा सिट संख्यामा एक तिहाई हुने गरी सूचना निकालेका थिए । विशेषज्ञ सिट भनेको आफैमा कुल संख्या भएकोले त्यसको एक तिहाई मात्र छुट्याउन पाइने जिकीर गर्दै रिट परेको हो ।

रिटमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, स्वास्थ्य मन्त्रालय, राष्ट्रिय चिकित्सा शिक्षा आयोग र मेडिकल काउन्सिललाई विपक्षी बनाई तत्काल भर्ना प्रकृया रोक्नको लागि अन्तरिम आदेशको माग गरीएको थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ