२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसोलिडारिटी फर डा. केसी अलायन्सद्धारा पुनः दरखास्त आव्हान गर्न माग

सोलिडारिटी फर डा. केसी अलायन्सद्धारा पुनः दरखास्त आव्हान गर्न माग


काठमाडौं—सोलिडारिटी फर डा. केसी अलायन्सले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि योग्य ब्यक्तिको दरखास्त नपरेको भन्दैं पुनः दरखास्त आव्हान गर्न माग गरेको छ । मंगलबार अलायन्सका संयोजक जीवन क्षत्रीले आयोगको उपाध्यक्ष सिफारिस गर्न बनेको समितिका संयोजकलाई पत्र लेख्दैं उक्त माग गरेका हुन् ।

उनले पत्रमा दरखास्तका लागि तोकिएको योग्यतामा ६१ वर्ष उमेर ननाघेको भन्ने बुँदाका कारण प्रमाणित योग्यता र कार्यक्षमता भएका उम्मेदवारहरु नेतृत्वको प्रक्रियाबाटै बाहिएको उल्लेख छ ।

‘चिकित्सा शिक्षा ऐनले ६५ वर्षसम्म आयोगको उपाध्यक्षले काम गर्न सक्ने भनेर तोकेको अवस्थामा उम्मेदवारका लागि अधिकतम उमेरको सीमा बढाइदिए मात्र त्यसले योग्यतम ब्यक्ति छनोटलाई सम्भव बनाउँछ भन्ने हाम्रो ठहर छ,’ पत्रमा अगाडि लेखिएको छ, ‘त्यसैले उम्मेदवार छनोटको प्रक्रिया अब अघि बढाउनुभन्दा पहिले उमेर सीमा सच्चाएर ६५ वर्ष नपुगेका योग्य उम्मेदवारहरुले दरखास्त दिन सक्ने गरी संशोधित सूचनासहित पुनः दरखास्त आव्हान गर्न विनम्रताका साथ अनुरोध गर्दछौं ।’

उसले अत्यन्तै संवेदनशील पदको नियुक्ति भएकाले ऐनले तोकेको प्रक्रियाबाट उम्मेदवार छनोट गर्दा योग्यतम मासिनलाई जिम्मेवारी सुम्पनुपर्नेमा समेत जोड दिएको छ । यसअघि यलान्यसले यस विषयमा पर्याप्त गृहकार्य तथा उम्मेदवारको आवेदनका लागि समय उपलब्ध गराउन आग्रह गर्दै विज्ञप्ति जारी गरेको थियो ।

New Doc 2019-07-09 10.32.59

क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ