२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विपी प्रतिष्ठानबाट नयाँदिल्ली लैजान यसरी चोरिएको थियो शिशु

विपी प्रतिष्ठानबाट नयाँदिल्ली लैजान यसरी चोरिएको थियो शिशु


विराटनगर—धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बुधबार राती १३ दिनको नवजात शिशु चोरी भएको छ । शिशु चोरीको आरोपमा प्रहरीले दुईजना महिलालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धरान—१५ की लीला विक र उनकी भाउजु मीना लिम्बु विक रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

पक्राउ पर्ने नन्द भाउजु रहेको प्रहरीले जनाएको छ । नवजात शिशुलाई धरान–१५ बगरकोटमा फेला पारिएको थियो । लीलाका श्रीमान् भारतको दिल्लीमा बस्दैं आएको बताइएको छ । नवजात शिशुलाई उनीहरूले भारतको दिल्ली लैजाने तयारी गरेका थिए ।

लीलाको सन्तान नभएका कारण आफूले छोरा बनाएर पाल्ने उद्देश्यले नवजात शिशुको अपहरण शैलीमा चोरी गरेर लगेको प्रहरीको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको छ । अनुसन्धानको क्रममा पक्राउ परेकी लीलाले आफूले पाल्नका लागि लगेको बयान क्रममा प्रहरीलाई बताएको इलाका प्रहरी कार्यालयका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

अहिले अनुसन्धानको क्रममा रहेकोले थप विषय बिस्तारै खुल्ने उनले बताए । उनीहरु विरुद्ध बच्चा चोरी तथा अपहरणको जाहेरी आएको प्रहरीले जनाएको छ । १०÷ १२ दिनदेखि बच्चा जन्मिएपछि राख्ने वार्डतिर नै बसेर सहयोग गरेजस्तो गरेर विश्वास जितेर हिजो राती आफन्त निदाएको बेला बच्चा चोरी गरेको पाइएको डिएसपी न्यौपानेले बताए ।

चोरी भएको सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका—१ का जितनारायण मेहता र बबिता मेहताको छोरा हुन् । बबिताले गत असार १३ गते छोराको जन्म दिएकी थिइन् । आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या देखिएपछि उनीहरुको वार्डमा नै राखेर उपचार भैरहेको चिकित्सकले जनाएका छन् ।

लीला विक वार्डमा कुरुवाजस्तो भएर बस्दैं आएको थियो । उक्त शिशुलाई अर्को मान्छे बोलाएर सबै निदाएको बेला लगेको बताएको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ