२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविपी प्रतिष्ठानका उपकुलपति ८ लाख घुससहित अख्तियारको नियन्त्रणमा

विपी प्रतिष्ठानका उपकुलपति ८ लाख घुससहित अख्तियारको नियन्त्रणमा


काठमाडौं—धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारलाई घुससहित अख्तियारले नियन्त्रणमा लिएको छ । अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले दिएको जानकारीअनुसार उनीमाथि थप छानविन प्रक्रिया सुरु भएको छ ।

प्रा.  डा. रौनियारलाई ८ लाख घुससहित उपकुलपति निवासबाटै नियन्त्रणमा लिइएको हो । उनीसँगै डा. रामहरि रौनियारलाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ ।

प्रा.डा. रौनियारले प्रतिष्ठानको भवन निर्माणको ठेक्का कमिसन वापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरीका अख्तियारमा परेको थियो । त्यसपछि उक्त उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोली नै खटेर रौनियारलाई घुससहित नियन्त्रणमा लिएको थियो ।

अख्तियारले भनेको छ, ‘निजहरु प्रा.डा. राजकुमार रौनियार र डा. रामहरी रौनियारलाई सेवाग्राहीसँग रू.८,००,०००।– (आठ लाख) घुसबापतको रकम लिइसकेको अवस्थामा उक्त घुस रकम सहित कार्यालय परिसरस्थित निज उपकुलपतिको निवास, धरानबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भैरहेको छ ।’

यसअघि प्रतिष्ठानका सहकुलपतिसमेत रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको सिफारिसमा प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्माओलीले रौनियारलाई पदमुक्त गरेका थिए । यसअघि फागुन १६ र १७ गते बालुवाटारमा बसेको प्रतिष्ठानको संचालक समिति सिनेट बैठकले सर्बसम्मतिबाट प्रतिष्ठानका उपकुलपति पदबाट डा रौनियारलाई हटाउने निर्णय सिफारिस गर्ने निर्णय गरेको थियो।

तर, उनी त्यो निर्णय विरुद्ध सर्वोच्च अदालत गएका थिए । सर्वोच्चले उनलाई हटाउने निर्णय कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ