२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोभिड-१९ पत्ता लगाउने फेस मास्क निर्माणमा जुटिरहेका छन् हार्वर्ड र एमआइटीका वैज्ञानिक

कोभिड-१९ पत्ता लगाउने फेस मास्क निर्माणमा जुटिरहेका छन् हार्वर्ड र एमआइटीका वैज्ञानिक


नयाँ कोरोना भाइरसको आगमन हुनुभन्दा वर्षौ पहिलादेखि नै जिम कोलिन्ससँग महामारी पहिचान गर्न सक्ने खुबी थियो। सन् २०१४ मा एमआईटीको उनको बायोइन्जिनियरिङ प्रयोगशालाले सेन्सरहरू विकास गर्‍यो । जसबाट कागजको टुक्रामा स्थिर-सुख्खा हुँदा इबोला भाइरस पत्ता लाग्न सक्ने प्रविधी विकास गर्न सफल भयो। एमआईटी र हार्वर्डबाट आएका वैज्ञानिकहरूको सानो टोलीले सन् २०१६ मा पहिलोपटक आफ्नो अनुसन्धान प्रकाशित गरे । उनीहरुले त्यससमय बढ्दो जिका भाइरस खतरालाई पत्ता लगाउने प्रविधी बनाउन सफल भएका थिए।

हाल उक्त टोली कोरोना भाइरसका केसहरू पहिचान गर्न पुन: आफ्नो उपकरण समायोजन गर्दैछन् । उनीहरु अनुहारमा लगाउने मास्कको विकास गर्नमा लागि परेका छन्, जसले कोरोना संक्रमित विरामीले श्वास फेर्दा, हाँछ्यु गर्दा र खोक्दा ‘फ्लोरोसन्ट सिग्नल’ उत्पादन गर्छ । सो मास्कले सजिलै कोरोना संक्रमित व्यक्ति पहिचान गर्न सक्छ । यदि उक्त प्रविधी सफल सावित भयो भने तापक्रम जाँचजस्ता अन्य स्क्रिनिङ विधिहरूसँग जोडिएका त्रुटिहरूलाई पत्ता लगाउन सक्ने उनीहरुको ठम्म्याइ छ ।

‘मानौ, हामीले हाम्रो ट्रान्जिट प्रणाली खोल्ने बित्तिकै हवाईजहाजमा प्रयोग भइरहेको यस नयाँ उपकरणको कल्पना गर्न सक्छौं, जसले सुरक्षा प्रदान गरिरहेको छ,’ कोलिन्सले एक अन्तर्राष्ट्रिय संचार माध्यमसँग भने, ‘तपाई वा म उक्त मास्कलाई काममा जाने र आउने बाटोमा प्रयोग गर्न सक्छौं । अस्पतालहरूले यो मास्क बिरामीहरूका लागि प्रयोग गर्न सक्छन्, जब उनीहरू अस्पतालभित्र आउँदछन् वा प्रतीक्षालयमा कुर्दै संक्रमितको प्रि-स्क्रिनको रूपमा पर्खनेछन् ।’

यो प्रविधीको छिटो विकास भएमा डाक्टरहरुले तत्काल संक्रमितको पहिचान गर्न सक्नेछन् । जसले गर्दा प्रयोगशालामा नमूना पठाइरहनुपर्ने छैन । एकपटक जब स्नाफस परीक्षण र ढिलाइका साथ हुने परीक्षणले गर्दा धेरै देशहरूको प्रकोप नियन्त्रण गर्न सक्ने क्षमतालाई अवरोध पुर्‍याएको छ । यो उपकरणले कोरोना संक्रमण तुरुन्त्तै पहिचान गर्न सक्दछ ।

‘फ्लोरोसेन्ट सिग्नल’ कोरोनाभाइस संक्रमितको र्‍यालमा छ छैन पत्ता लगाउन सक्छ:

कोलिन्सकाअनुसार उनको प्रयोगशालाको हालको प्रोजेक्ट प्रारम्भिक चरणमा छ । तर, नतिजा भने आशाजनक छ । पछिल्ला केही हप्ताहरुमा उनको टोलीले सेन्सरबाट कोरोना भाइरस पत्ता लगाउन सक्ने क्षमताको परीक्षण गरिरहेको छ । उनीहरु यसका साथै डिजाइनको पनि प्रयोग गर्दैछन् । हाल मास्कभित्र सेन्सरहरू राख्ने कि मोड्युल विकास गर्ने जुन कुनै पनि ओभर-द-काउन्टर मास्कमा संलग्न हुन् सक्ने भन्ने विषयमा प्रयोगशाला बहस गर्दैछन् ।

अबका केहि हप्तामै सो अवधारणाले काम गर्ने आशा उनीहरुमा छ । भाइरस-पहिचान गर्ने प्रविधि सामान्यतयाः पहिले नै प्रमाणित भइसकेको छ । सन् २०१८ बाट प्रयोगशालाका सेन्सरहरूले सार्स, दादुरा, इन्फ्लूएन्जा, हेपेटाइटिस सी, वेस्ट नाइल र अन्य भाइरसहरू पत्ता लगाउन सफल भए ।

‘हामीले सुरुमा यसको निदान सस्तो कागजमा आधारित रहेर गरेका थियौं,’ कोलिन्सले भने, ‘हामीले सेन्सरद्वारा प्लास्टिक, क्रिस्टल र कपडामा पनि काम गर्न सकिने प्रमाणित गरेका छौ। ‘

कोलिन्सकाअनुसार सेन्सरहरूमा जेनेटिक तत्त्व हुन्छन् ( डिएनए र आरएनए ) जुन एक भाइरससँग बाँधिएको छ । त्यो तत्त्वलाई सुख्खा कपडामा  ल्योफिलिजर भनिने मेसिनको प्रयोग गरेर तयार गरिन्छ। जसले आनुवंशिक तत्व नसोसिकन ओसिलो पार्छ। यो कोठाको तापक्रममा धेरै महिनासम्म स्थिर रहन सक्छ। जसले अन्य मास्कहरूको तुलनात्मक रूपमा लामो समयसम्म ‘सेल्फ लाइफ’ ‘ प्रदान गर्दछ।

सेन्सरलाई सक्रिय हुनको लागि दुई चीज चाहिन्छ । पहिलो ओसिलोपन हो, जुन हाम्रो शरीरले श्वासप्रश्वासको कणहरू जस्तै खकार वा र्‍यालमार्फत छोडिदिन्छ। दोस्रो, उनीहरूले भाइरसको आनुवंशिक अनुक्रम पत्ता लगाउन आवश्यक छ ।

जनवरीमा एक सांघाई प्रयोगशालाले कोरोना भाइरस जीनोम पत्ता लगायो । कोलिन्सले भने, ‘सेन्सरहरूले भाइरस भेट्टाउन त्यस अनुक्रमको सानो खण्ड मात्र पहिचान गर्न आवश्यक छ । एक पटक तिनीहरूले पत्ता लगाए भने तिनीहरू एकदेखि तीन घण्टाभित्र फ्लोरोसेन्ट संकेत दिन्छ ।’

उक्त संकेत अदृश्य हुन्छ, त्यसैले कोलिन्सको प्रयोगशालाले फ्लुरोसेन्ट प्रकाश नाप्नका लागि फ्लोराइमिटर भनिने उपकरण प्रयोग गरेका छन् । उनले भने, ‘सरकारी अधिकारीहरूले आफ्नो हातमा राखेर फ्लोरिमिटर प्रयोग गरेर मानिसको मास्कलाई स्क्यान गर्न सक्नेछन्।’
उनको टोलीले पहिले सेन्सर पनि विकास गरेको छ । जुन भाइरसको सम्पर्कमा आउँदा पहेलो देखि बैजनी रंगमा परिवर्तन हुन्छ । त्यसैले रंग परिवर्तन गर्ने सेन्सर पनि एक सम्भावना हो,’ उनले भने । हाल उनको समूहले यो विचार सार्वजनिक गरिसकेको छ ।

विमीहरूको निदानको लागि छिट्टो र उपयुक्त तरिका

कोलिन्स सिन्थेटिक जीव विज्ञानको एक अग्रगामी मानिन्छ । यस्तो क्षेत्र जुन प्रकृतिमा फेला परेका प्रणालीहरूको पुन: डिजाइन गर्न इन्जिनियरिङको प्रयोग गर्ने काम उनी गर्छन् । उनले सन् २००३ मा म्याकआर्थर जिनियस अनुदान जिते । सन् २०१८ मा ल्याब कोटहरूको लागि इम्बेड गर्न योग्य भाइरस-पत्ता लगाउने सेन्सरहरू विकास गर्न उनको ल्याबले जोनसन र जोनसनबाट ५० हजार डलर अनुदान प्राप्त गर्‍यो ।

सेन्सरले परम्परागत डायग्नोस्टिक परीक्षणहरू भन्दा पत्ता लगाउन सस्तो, द्रुत र बढी संवेदनशील फारम प्रस्ताव गर्न सक्छन् । जिकाका लागि प्रयोगशालाको सेन्सरहरूबाट दुईदेखि तीन घण्टाभित्र बिरामीहरूको निदान गर्न सक्दछन् । टोलीले सन् २०१६ मा एक सेन्सर बराबर २० डलर लाग्ने जनाए । जबकि परीक्षण आफै निर्माण गर्न १ डलर वा कम लाग्ने गर्थ्यो ।

हाल भइरहेको कोरोना परीक्षणको निम्ति २४ घण्टा लाग्छ । र बिरामीहरूले प्राय: केही दिनसम्म पनि परिणाम प्राप्त गर्दैनन् । त्यो परिवर्तन पनि हुन सक्दछ । तर, अहिले एफडिएले भने घरमै डायग्नोस्टिक परीक्षण गर्न अनुमति दिएको छ। (यो हाल स्वास्थ्यकर्मी र पहिलो जवाफ दिनेहरूलाई वितरण गरिएको छ)।

मेडिकेयरले मार्चमा जारी गरेको एक कागजातअनुसार रोग नियन्त्रण र रोकथाम केन्द्रहरुद्वारा विकसित गरिएको परीक्षणमा ३६ डलर लागत पर्छ। किनभने, कोलिन्सका सेन्सरहरू अत्यन्त विशिष्ट छन् । तिनीहरू पनि भाइरसको विभिन्न प्रजाति पत्ता लगाउन सक्षम छन् । जिकाको सन्दर्भमा सेन्सरले दुई चाप अफ्रिकाबाट लिए, एक एसियाबाट र अर्को अमेरिकाबाट ।

वैज्ञानिकहरूले कोरोना भाइरसको चाप दुई मुख्य वंशावलीमा पत्ता लगाएका छन् । एउटा एसियामा उत्पत्ति भएको थियो भने अर्को युरोप, उत्तरी अमेरिका र अष्ट्रेलियामा । यद्यपि एमआईटी ल्याबले अझै कोरोना भाइरसको खण्डहरु परीक्षण गरिरहेको छ, त्यहाँ यसको राम्रो प्रविधि छ, जसले यी भिन्नताहरू पत्ता लगाउन सक्षम छन् । सो टोलीले पहिले उनीहरूको परीक्षणमा एकल विन्दु उत्परिवर्तन पहिचान गर्ने ४८ प्रतिशत सम्भावना रहेको पत्ता लगायो ।

यात्रुहरूका बीच सम्भावित कोरोना भाइरसका केसहरू पत्ता लगाउन एयरपोर्ट स्क्रिनरहरू प्रायः तापक्रम जाँचहरूमा भरोसा गर्दछन् । यस विधिलाई देशहरूमा सम्भावित संक्रमणहरू पत्ता लगाउन प्रयोग गरिँदैछ । जसमा लकडाउन प्रतिबन्धहरू कम छ । तर, तापक्रम जाँचले संक्रमणको ठूलो स्वाब जाँच गर्न सक्दैन् । जस्तै – बिरामीहरू सहित एसिम्प्टोमेटिक, पूर्व-लक्षणात्मक वा ज्वरो बाहेक अन्य लक्षणहरूको अनुभव गर्न सक्दैन् । कोलिन्सले बनाएको सेन्सरले भाइरसको पहिचान गरेर अधिक लक्षणहरू पहिचान गर्न सक्ने उनी दावी गर्छन् । उनको प्रयोगशालाको आकांक्षापूर्ण लक्ष्य भनेको गर्मीको अन्त्यसम्म सार्वजनिक वितरणका लागि मास्क उत्पादन सुरू गर्नु हो ।

‘अहिले हामी समयको अभाव र प्रतिभाको अभावमा छौं । हामीसँग तुलनात्मक रूपमा सानो समूह छ,’ उनले भने, ‘हामी सीमित छौं । हामीसँग प्रयोगशालामा काम गर्ने सबै सकेसम्म मेहेनत गरिरहेका छन्।’

-एजेन्सी


क्याटेगोरी : अन्य, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ