२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल चिकित्सक संघद्वारा ऐनमा बिना धरौटी हिरासतमा लिई जेल चलानको प्रावधान राख्न माग

नेपाल चिकित्सक संघद्वारा ऐनमा बिना धरौटी हिरासतमा लिई जेल चलानको प्रावधान राख्न माग


काठमाडौं–नेपाल चिकित्सक संघ (एनएमए)ले अहिलेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र नियमावली, २०६९ मा तत्काल आवश्यक परिमार्जन गर्न माग गरेको छ । शुक्रबार पत्रकार सम्मेलनमा गर्दै संघले ऐनलाई परिवर्तन गरेर बिना धरौटी हिरासतमा लिई जेल चलानको प्रावधान समावेश गरेर स्वास्थ्य संस्थालाई भयरहित बनाउन समेत माग गरेको हो ।

उसले देशका विभिन्न भागमा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा आक्रमण तथा हातपातका घटनाहरु बढिरहेको उल्लेख गर्दै बिना धरौटी हिरासतमा लिई जेल चलानको प्रावधानलाई लागू गराउन नसकिएमा स्वास्थ्य सेवा प्रवाह चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको काबुभन्दा बाहिर जाने सक्ने अवस्था आउनेतर्फ सचेत गराएको छ । ‘त्यसपछिको अवस्था कति काहाली लाग्दो र भयावह होला हामीहरु कल्पना पनि गर्न सक्दैनौं,’ उसले पत्रकार सम्मेलनमा बाँडेको विज्ञप्तिमा भनेको छ ।

संघले बिना धरौटी हिरासतमा लिई जेल चलानको प्रावधान लाई थप गरेर अपराधिक मानसिकता बोकेका व्यक्तिहरुलाई छानबिन गरी कडा कारवाही गर्न समेत आग्रह गरेको छ । साथै, संघले यसअघि ०७४ असोज १३ गते तत्कालीन प्रधानमन्त्रीको उपस्थितीमा स्वास्थ्यमन्त्रालय र नेपाल चिकित्सक संघअनुसार भएको सम्झौताअनुसार ऐन ल्याउन आग्रम समेत गरेको छ ।

उसले यसो गर्न नसकिएको खण्डमा असुरक्षित वातावरणमा स्वास्थ्य सेवा प्रदान गर्न नसकिने भन्दैं नेपाल सरकार, गृह मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कानून, न्याय तथा संदस्दीय मामिला मन्त्रालय, स्थानीय सुरक्षा निकायलगायतका सरोकारवाला पक्षहरुले गम्भीर रुपमा मनन गरी उक्त ऐनलाई यथाशीघ्र अन्तिम रुप दिन समेत माग गरेको छ ।

हालै हेटौडा अस्पताल, सिन्धुली अस्पताल, लाहान अस्पताल, शिवराज अस्पताल, कपिलवस्तु, डडेलधुरा अस्पताल, ओम अस्पताल, समता अस्पताल, जलेश्वर जिल्ला अस्पताल, विराट मेडिकल कलेज विराटनगर, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, डडेल्धुरा अस्पताल लगायतका विभिन्न अस्पतालहरुमा तोडफोड तथा चिकित्सकहरुमाथी हातपातका घटनाहरु भएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ