२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमा एकै दिन पौने ४ अर्ब बढी रकमान्तर

स्वास्थ्यमा एकै दिन पौने ४ अर्ब बढी रकमान्तर


काठमाडौं—अर्थ मन्त्रालयले एकै दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विभिन्न शीर्षकको झण्डैं चार अर्ब रुपैयाँ रकमान्तर गरेको पाइएको छ ।

स्वास्थ्य मन्त्रालयको प्रस्तावअनुसार अर्थ मन्त्रालयले असार १७ गते कोष तथा लेखा नियन्त्रण कार्यालयलाई ३ अर्ब ८२ करोड ६ लाख ७० हजार रकमान्तर कार्यान्वयनको लागि पत्राचार गरेको हो ।

यसअघि जेठ १६ गते अर्थ मन्त्रालयले कोष तथा लेखा नियन्त्रण कार्यलयलाई १ करोड ३८ लाख रकामान्तर कार्यन्वयनका लागि पत्रकार गरेको थियो । दुई पटक गरी स्वास्थ्य मन्त्रालय अन्तर्गतको ३ अर्ब ८३ करोड ४४ लाख ७० हजार रकमान्तर भएको हो ।

संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आमा सुरक्षा कार्यक्रमका लागि बिनियोजन गरिएको १० करोड ८० लाख रुपैयाँ अर्थ मन्त्रालयले चैत २७ गते स्थानीय तहमा रकमान्तर गर्न अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले निकासा गरेको थियो ।

त्यस्तै, संघ अन्तर्गतकै आमा सुरक्षा कार्यक्रमका लागि बिनियोजित १ करोड ५० लाख रुपैयाँ सुदूरपश्चिम प्रदेश (सेती अस्पताल)लाई रकमान्तर गरिएको छ । सोही मितिमा नरदेवी अस्पताललाई सञ्चालन खर्च प्रयोजनका लागि १ करोड रुपैयाँ रकमान्तर भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । चैत २७ गते १ हजार २ सय वडाका प्राथमिक स्वास्थ्य चौकी निर्माणका गर्नका लागि २ अर्ब ५९ करोड ४७ लाख ७५ हजार रुपैयाँ रकमान्तर गरिएको छ । सो रकम निकासाका लागि कोष तथा लेखा नियन्त्रण कार्यलयलाई असार १७ गते पत्राचार समेत गरिसकिएको छ ।

विभिन्न स्थानीय तहमा कार्यरत कर्मचारीहरुको अपुग तलब, भत्ता बापत भन्दैं १ अर्ब ९ करोड २८ लाख ९५ हजार रकमान्तर गरिएको छ । जेठ ३ गते अर्थको बजेट तथा कार्यक्रम महाशाखाले जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई उपकरण खरिदका लागि भन्दैं १ करोड ३८ लाख रुपैयाँ रकमान्तर गरी निकासा गरेको छ ।

कहाँ कति रकमान्तर भयो, हेर्नोस







क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ