२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालयको आपत्तकालीन एकाईले तोक्यो ‘समन्वय ब्यक्ति’

स्वास्थ्य मन्त्रालयको आपत्तकालीन एकाईले तोक्यो ‘समन्वय ब्यक्ति’


काठमाडौं—स्वास्थ्य जनसंख्या मन्त्रालय स्वास्थ्य आपत्तकालीन तथा विपद् स्वास्थ्य इकाई आपत्तिकालीन केन्द्रले विपत्त प्रकोपको पूर्व तयारी र समन्वयको लागि समन्वय ब्यक्ति तोकेको छ ।

निरन्तरको वर्षापछि बाढी, पहिरो तथा अन्य घटनाहरुको प्रकोप देखिन थालेपछि आपत्तकालीन केन्द्रले शुक्रबार अपरान्ह समन्वय ब्यक्ति तोकेको हो ।

केन्द्रको फेसबुक पेजमा सेयर गरिएको पत्रअनुसार सम्भावित विपत्तका घटना तथा महामारीलगायतको प्रतिकार्यका लागि तयारी एवं सर्तक अवस्थामा रहन, औषधि, उपकरणको तयारी रहन, आफू मातहतका सहायक अस्पतालसँगको समन्वयमा रहन र रेपिड रेस्पोन्स टिमलाई तयारी अवस्थामा राख्न भनिएको छ ।

केन्द्रका प्रमुख चुडामणि भण्डारीद्धारा लेखिएको पत्रमा सम्बन्धित समन्वय ब्यक्ति, सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालय, सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई समन्वयको लागि आग्रह गरिएको छ ।

यी हुन् तोकिएका ११ जना समन्वय ब्यक्ति


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ