२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारलुम्बिनी मेडिकल कलेजबाट हराएको नवजात शिशु भेटियो, प्रहरीले अभिभावकलाई बुझायो

लुम्बिनी मेडिकल कलेजबाट हराएको नवजात शिशु भेटियो, प्रहरीले अभिभावकलाई बुझायो


पाल्पा-लुम्बिनी मेडिकल कलेजबाट शुक्रबार हराएको नवजात शिशु भेटिएको छ । पाल्पा प्रहरीकाअनुसार कालीगण्डकी गाउँपालिका मिर्मी बजारबाट शनिबार विहान उक्त नवजात शिशु भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले शिशुसहित एक जना महिलालाई मिर्मी बजार क्षेत्रबाट नियन्त्रणमा लिएको बताए । उनकाअनुसार अहिले उक्त बच्चा अभिभावकलाई हस्तान्तरण गरिएको छ । ‘बच्चाको अवस्था ठीक छ,’ उनले हेल्थआवाजसँग भने, ‘हामीले बच्चा अभिभावकलाई दिइसकेका छौं ।’

प्रहरी नायब उपरीक्षक सापकोटकाअनुसार बच्चा लिएर हिड्ने महिलामाथि अहिले थप अनुसन्धान जारी रहेको छ । उनले कारण पत्ता नलागेको भन्दैं अनुसन्धान चलिरहेकाले केही समयमै सत्यतथ्य बाहिर आउने बताए ।

तानसेन नगरपालिकाकी २२ वर्षीय जमुना रानाले शुक्रबार बिहान नवजात शिशुलाई जन्म दिएकी थिइन। दिउँसो २ बजेतिर जमुनाकी आमासँग रहेको नवजात शिशु एक अपरिचित महिलाले खोलाउन भनेर मागेर  थिइन् । खेलाउन भनेर मागेको उक्त बच्चा उनले नफर्काएर लगेर भागेकी थिइन् ।

नवजात शिशु लगेर महिला भागेपछि आफन्तहरू प्रहरी कहाँ पुगेका थिए । त्यसपछि प्रहरीले खाेजी कार्य सुरू गरेको थिथो ।  जसमा प्रहरीले शनिबार सफल भएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ