२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविपी काण्डमा ठेकेदार शुशील झा पनि तानिए

विपी काण्डमा ठेकेदार शुशील झा पनि तानिए


काठमाडौं –आठ लाख घुससहित पक्राउ परेका विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार र उनका भतिजा डा. रामहरि रौनियारलाई मुद्दा दायर गर्न केही समय लाग्ने भएको छ ।

डा.रौनियारलाई विशेष अदालतमा म्याद थप गरेर थप अनुसन्धान गरिने अख्तियार स्रोतले जनाएको छ । दुवै जनालाई शुक्रबार काठमाडौं ल्याइएको थियो । अख्तियारका सहायक प्रवक्ता उपसचिव मदन कोइरालाले डा. रौनियारको बारेमा अनुसन्धान गर्न धेरै बाँकी रहेको बताए । ‘को को संलग्न छन लगायतका विषयमा अनुसन्धान गर्नुपर्ने भएकोले अलिकति समय त लागिहाल्छ,’ कोइरालाले भने ।

प्रतिष्ठानको भवनको निर्माणाधिन संरचनामा डा. रौनियारले करोडौं घोटाला गरेको उजुरी अख्तियारमा परेको छ । भवन निर्माणमा ठेक्का पाएका सुशील झा पनि अनुसन्धानमा तानिएका छन । ठेकेदार झाले नै घुसका लागि पटक-पटक दबाब दिएको टेलिफोन रेकर्ड अख्तियारलाई उपलब्ध गराएका थिए ।

डा. रौनियारबाट ८ लाख रुपैंया घुससहित अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले बिहिवार रंगेहात पक्राउ गरेको थियो । अख्तियार केन्द्रीय कार्यलयका एसपी हेम थापाको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरेको थियो । उनी घुस रकम लिएर निवासमा गएलगत्तै पक्राउ गरिएको अख्तियारले जनाएको छ । पक्राउ परेका डा. रौनियार उपकुलपति राजकुमारका भतिजा हुन ।

२०७३ सालमा तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाको पालामा डा. रौनियार उपकुलपतिमा नियुक्त भएका थिए । रेडियोलोजिष्ट डा. रौनियार प्रतिष्ठानका छैठौं उपकुलपति हुन । भ्रष्टाचारमा संलग्न भएको पाइएपछि प्रतिष्ठान संचालक समिति (सिनेट)बैठकले चार महिना अघि सर्वसम्मतरुपमा पदबाट हटाउने निर्णय गरेको थियो ।

गत फागुन १६ र १७ गते बालुवाटारमा बसेको प्रतिष्ठानको संचालक समिति सिनेट बैठकले हटाउने निर्णय गरेको थियो । प्रतिष्ठानका सहकुलपति समेत रहेका उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको सिफारिसको आधारमा संचालक कुलपति प्रधानमन्त्री केपि ओलीले रौनियारलाई पदबाट हटाउने निर्णयलाई सदर गरेका थिए । फागुन २६ गते बर्खास्त भएपछि डा. रौनियारले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

गत चैत ४ गते सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले पदबाट हटाउने निर्णय यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । त्यसपछि डा. रौनियारले पुनः पदबहाली गरेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ