२०८१ वैशाख ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसंघीय स्वास्थ्य मन्त्रालयले प्रदेश नं. २ मा तीन टोली पठाउँदैं

संघीय स्वास्थ्य मन्त्रालयले प्रदेश नं. २ मा तीन टोली पठाउँदैं


काठमाडौं—तीन दिनदेखि लगातार भैरहेको वर्षाका कारण जलमग्न प्रदेश नं. २ लाई मध्यनजर गरी संघीय स्वास्थ्य मन्त्रालयले तीन स्थानमा समन्वय केन्द्र स्थापना गर्ने निर्णय गरेको छ ।

आइबार मन्त्रालयमा बसेको स्वास्थ्य विषयगत क्षेत्रको बैठकले पथलैया, बर्दिवास र लहानमा मेडिकल अधिकृतको नेतृत्वमा छुट्टाछुट्टै टोली खटाउने निर्णय समेत गरेको छ ।

सो टोलीमा मेडिकल अधिकृतसहित तीन जना रहने स्वास्थ्य आपत्तकालीन तथा विपद् ब्यवस्थापन इकाई (एचइओसी) प्रमुख चुडामणि भण्डारीले बताए ।

पथलैया समन्वय केन्द्रले बारा, पर्सा र रौतहट, बर्दिवास समन्वय केन्द्रले सर्लाही, महोत्तरी र धनुषा तथा लहान समन्वय केन्द्रले सिरहा र सप्तरी बसेर त्यस क्षेत्रको अध्ययन सम्पूर्ण स्वास्थ्य अवस्था अध्ययन गरी केन्द्रमा रिपोर्टिङ गर्नेछन् । यस्तै, उक्त समन्वय केन्द्रलाई प्रदेशको सामाजिक विकास मन्त्रालय र संघीय स्वास्थ्य मन्त्रालयबीच समन्वय गर्ने जिम्मेवारी समेत दिइएको छ ।

समन्वय केन्द्रका लागि स्वास्थ्य सेवा विभागले संयोजन गरी सोमबार नै त्यस क्षेत्रमा पठाइने भण्डारीले बताए ।

एचइओसीमा आएको पछिल्लो जानकारीअनुसार बाढीका कारण रौतहटको जिल्ला जनस्वाथ्य कार्यलय डुबानमा पर्दा त्यहाँको मेडिकल स्टोरमा रहेका केही औषधि डुबेर काम नलाग्ने भएका छन् भने रौतहटसहित सर्लाही र महोत्तरीका स्वास्थ्यहरु पनि जलमग्न भएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ