गृहपृष्ठ ∕ समाचार ∕ डडेल्धुरा अस्पतालका चिकित्सकद्वारा वडाअध्यक्षसहित दुईजना विरुद्ध किटानी जाहेरी दर्ता डडेल्धुरा अस्पतालका चिकित्सकद्वारा वडाअध्यक्षसहित दुईजना विरुद्ध किटानी जाहेरी दर्ता हेल्थ आवाज मंगलबार, २०७६ असार ३१ गते, १३:०७ मा प्रकाशित अमरगढी—डडेल्धुरा अस्पतालमा ड्युटीमा रहेका चिकित्सकमाथि भएको हातपातको घटनामा संलग्न भनिएका वडाध्यक्षसहित दुई जना विरुद्ध अस्पतालमा कार्यरत चिकित्सकहरुले किटानी जाहेरी दर्ता गराएका छन् । मंगलबार उनीहरुले अमरगढी नगरपालिका—११ का वडाध्यक्ष सुर्यप्रकाश खड्का र दिपक साउद विरुद्ध जिल्ला प्रहरी कार्यलयमा किटानी जाहेरी दर्ता गराएका हुन् । असार २५ गते मृतकको शव पोष्टमार्टमको विषयलाई लिएर वडाध्यक्ष खड्काको नेतृत्वमा आएको एक समूहले पोष्टमार्टममा संलग्न चिकित्सक डा। दिनेश उपाध्यायमाथि हातपात गरेको थियो । त्यसपछि चिकित्सकहरुले जिल्ला प्रशासनलाई आफ्नो सुरक्षाको प्रत्याभूति गर्न र आक्रमणमा संलग्नलाई कारवाहीको माग गरेका थिए । तर, प्रशासनले कुनै कदम नचालेपछि अस्पतालमा कार्यरत ९ जना चिकित्सकहरु अस्पताल छाडेर २७ असारमा सुदूरपश्चिम प्रदेशको हेडक्वार्टर रहेको कैलालीको धनगढी आएका थिए । धनगढीमा मुख्यमन्त्रीको सुरक्षाको आश्वासनसहित दोषीलाई कारवाही गर्ने प्रतिवद्धता जनाएपछि उनीहरु सोमबार डडेल्धुरा अस्पताल फर्किएका थिए । डडेल्धुरा पुगेका अस्पतालका चिकित्सकहरुले मंगलबार वडाध्यक्ष खड्का र साउदविरुद्ध किटानी जाहेरी दर्ता गराएका हुन । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पूजाको प्रसाद खाँदा सल्यानमा झण्डै २ सय जना बिरामी बेलायती डाक्टर निलले घर बेचेर बनाइदिएको ब्रिनोज कान अस्पतालमा तालाबन्दी पोखराका अधिक पत्रकारमा ‘दृष्टि दोष’ भेरी अस्पतालमा पित्तथैलीको शल्यक्रियाको पालो १० महिनापछि पहिलो नम्बरलाई वाइपास गरेर दोस्रो र तेस्रोलाई अतिरिक्त सचिवमा बढुवा सिभिल अस्पताल प्रशासनसँग ६ बुँदे सहमतिपछि कर्मचारीको आन्दोलन फिर्ता धेरै पढिएका १ बिहान खाली पेटमा पानी पिउनुका यस्ता छन् फाइदा: कति पिउने? २ सरकारी स्कुलमा पढेकी अदिती छात्रातर्फकी एमबीबीएस इन्ट्रान्स टपर ३ यी हुन् मुटु रोगका १२ वटा प्रमुख लक्षणहरु ४ उमेर अनुसार कति हुनुपर्छ तौल ? ५ डा. दिपक थापालाई न्याम्सको निमित्त उपकुलपति बनाउने तयारी ६ नेपाल क्यान्सर हस्पिटलले दुई वर्षभित्र डेढ सय करोड लगानी थप गर्ने ७ ‘नेलम्बो नेपालले गाउँ-गाउँमा दाँत अस्पताल पुर्याएको छ’ ट्रेण्डिङ ग्यास्ट्रिकको समस्यामा हुनुहुन्छ ? गर्नुहोस् जानुशिर्षाशन योग यस्तो छ तरिका पेटको समस्या हटाउन मलासन योग कसरी गर्ने ? यस्ता छन् काजुयुक्त दूध सेवनका ५ फाइदाहरु बिडिएसका इन्ट्रान्स टपर सुवास, जो एमबीबीएस इन्ट्रान्समा पनि नवौं नम्बरमा छन् यस्ता छन् यौन रोगका सुरुवाती ५ लक्षण पूजाको प्रसाद खाँदा सल्यानमा झण्डै २ सय जना बिरामी ब्यालेन्स डाइट के हो, कसरी तयार पार्ने ? अर्किडद्वारा बालबालिकाको अर्लि इन्टरभेन्सनबारे अन्तक्रिया आयोजना ग्यास्ट्रिकको समस्यामा हुनुहुन्छ ? गर्नुहोस् जानुशिर्षाशन योग यस्तो छ तरिका पेटको समस्या हटाउन मलासन योग कसरी गर्ने ? यस्ता छन् काजुयुक्त दूध सेवनका ५ फाइदाहरु बिडिएसका इन्ट्रान्स टपर सुवास, जो एमबीबीएस इन्ट्रान्समा पनि नवौं नम्बरमा छन् यस्ता छन् यौन रोगका सुरुवाती ५ लक्षण पूजाको प्रसाद खाँदा सल्यानमा झण्डै २ सय जना बिरामी ब्यालेन्स डाइट के हो, कसरी तयार पार्ने ? अर्किडद्वारा बालबालिकाको अर्लि इन्टरभेन्सनबारे अन्तक्रिया आयोजना