२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालय मातहतका प्रमुखसँग कार्यसम्पादन करार सम्झौता, भोलि मन्त्री र सचिवबीच हुँदै

स्वास्थ्य मन्त्रालय मातहतका प्रमुखसँग कार्यसम्पादन करार सम्झौता, भोलि मन्त्री र सचिवबीच हुँदै


काठमाण्डौ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका सबै विभागीय प्रमुखहरुसँग कार्यसम्पादन करार सम्झौता गरेको छ । मन्त्रालयले बिहिबार मातहतका सबै विभागीय प्रमुखसँग कार्यसम्पादन करार सम्झौता गरेको हो ।

विभाग अन्तर्गतका योजना तर्जुमा, तयारीदेखि लिएर चौमासिक सचिव र मन्त्रीलाई कार्यप्रगति बुझाउने र आफ्नो कार्यसम्पादन मूल्यांकनको स्वयंम मूल्यांकन गरी पेश गर्ने गरी करार सम्झौता भएको मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिए ।

मन्त्रालय अन्तर्गतका स्वास्थ्य सेवा विभाग महानिर्देशक, आयुर्वेद विभागका महानिर्देशक र औषधी व्यवस्था विभाग महानिर्देशकलाई स्वास्थ्य सचिव रामप्रसाद थपलियाले छुट्टाछुट्टै करार सम्झौता गरेका हुन् । नयाँ संरचनाअनुसार गरिएको समायोजनमा स्वास्थ्य सेवा विभागमा १२औं तहका डा. सुशील प्याकुरेल, आयुर्वेद विभागमा ११औं तहका डा. बासुदेव उपाध्याय महानिर्देशक रहेका छन् र औषधी व्यवस्था विभागमा १०औं तहका पानबहादुर क्षेत्री निमित्त महानिर्देशक छन् ।

विभागीय प्रमुखहरुले आफू मातहतका महाशाखा प्रमुखहरुलाई पनि करारनामा गराउनुपर्ने छ ।

यसैगरी, भोलि (शुक्रबार) उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव र स्वास्थ्य सचिवद्वय रामप्रसाद थपलिया र डा.पुष्पा चौधरीबीच कार्यसम्पादन करार सम्झौता हुँदैछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ