२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचार९ औं र दशौं तहका चिकित्सकको भयो समायोजन [ सूची सहित ]

९ औं र दशौं तहका चिकित्सकको भयो समायोजन [ सूची सहित ]


काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९ औं र १० औं तहका चिकित्सकहरुको समायोजन गरेको छ । शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक महिना पछी समायोजन सुची सर्वजनिक गरेको हो । चिकित्सकहरुको यो समायोजनकै कारण अन्य समायोजन पनि ढिला हुन पुगेको थियो ।

शुक्रबार डेन्टिष्ट/डेन्टल सर्जरी, अर्थोडेन्टिष्ट्री, इन्डोडेन्टिष्ट्रि, ओरल सर्जरी, पेरियोडेन्टिष्ट्री, प्रोस्थोडेन्टिष्ट्री समूह/उपसमूह, करिष्ठ कन्सल्टेन्ट साइक्याष्ट्रिक/कन्सल्टेन्ट र साइक्याट्रिष्ट , बरिष्ठ कन्सल्टेन्ट रेडियोलोजिष्ट/कन्सल्टेन्ट रोडियोलोजिष्ट, बरिष्ठ कन्सल्टेन्ट हिष्टोप्याथोलोजिष्ट/कन्सल्टेन्ट हिष्टोप्याथोलोजिष्ट, बरिष्ठ कन्सल्टेन्ट रेडियोथेरापिष्ट/बरिष्ठ कन्सल्टेन्ट रेडिएसन अन्कोलोजी÷कन्सल्टेन्ट रेडियोथेरापिष्ट/कन्सल्टेन्ट रेडिएसन अंकोलोजीको समायोजना भएको छ ।

यस्तै, बरिष्ठ कन्सल्टेन्ट प्याथोलोजिष्ट/कन्सल्टेन्ट प्याथोलोजिष्ट, बरिष्ठ कन्सल्टेन्ट डर्माटोलोजिष्ट/कन्सल्टेन्ट डर्माटोलोजिष्ट, बरिष्ठ कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट/कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट, बरिष्ठ कन्सल्टेन्ट इएनटी/कन्सल्टेन्ट इएनटीको पनि समायोजन भएको छ ।

मन्त्रालयले बरिष्ठ जनस्वास्थ्य प्रशासक÷जनस्वास्थ्य प्रशासक, बरिष्ठ स्वास्थ्य प्रशासक÷उपस्वास्थ्य प्रशासक नवौं र दशौं तहको समायोजन पनि सार्वजनिक गरेको छ ।

यस्तै, स्वास्थ्य मन्त्रालयले शुक्रबार नै ७, ६ र पाँचौ तहका बरिष्ठ फार्मेसी सुपरभाइजर निरीक्षक÷फार्मेसी सुपरभाइजर निरीक्षक/फार्मेसी सुपरभाइजरको पनि समायोजनको सूची प्रकाशित गरेको छ ।

तयार भएको भनिएपछि शुक्रबार सर्जरी, मेडिसिन, गाइनेकोलोजी, पेडियाट्रिक समूहको नवौं र दशौं तहको समायोजनको सूची भने सार्वजनिक भएको छैन् । स्वास्थ्य स्रोतकाअनुसार उक्त सूची पनि सम्भवतः आइतबारसम्म सार्वजनिक हुनेछ ।

९ औं र १० औं तहका चिकित्सकहरुको समायोजन सुची


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ