२०८१ जेठ १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसुर्खेतमा मृत्यु भएका २० वर्षीय युवामा कोरोना पुष्टि, जेठ पहिलो साता भारतबाट आएका थिएँ

सुर्खेतमा मृत्यु भएका २० वर्षीय युवामा कोरोना पुष्टि, जेठ पहिलो साता भारतबाट आएका थिएँ


सुर्खेत—सुर्खेतमा मृत्यु भएका एक युवकमा कोरोना पुष्टि भएको छ । क्वारेन्टाइनबाट घर फर्केका पञ्चपुरी नगरपालिका—१ सानीडाँडाका २० वर्षीय युवकको बिहीबार विहान मृत्यु भएको थियो ।

मृतक युवकको पिसिआर रिपोर्टमा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको हो ।  कोरोनाको कुनै लक्षण नदेखिएको उनमा विहीबार दिउँसो प्रदेश अस्पताल सुर्खेत, पशुपन्छी अन्वेषण प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा कोभिड—१९ पोजेटिभ देखिएको हो ।

बिहीबार बिहान करिब सभा २ बजे श्वासप्रश्वासमा समस्या देखिएपछि मृत्यु भएको थियो । जेठ पहिलो साता भारतको मुम्बईबाट आएका उनी करिब २ साता जति क्वारेन्टाइनमा बसेको र आरडीटी परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि गएको बुधबार होमक्वारेन्टाइन बस्न सल्लाह दिएका कारण उनी घर फर्किएको पञ्चपुरी नगरपालिकाका नगर प्रमुख उपेन्द्र थापाले जानकारी दिए ।

स्वास्थ्यकर्मीले मृतक युवाको सम्पर्कमा आएका व्यक्तिहरुको स्वाब संकलन सुरु गर्ने तयारी गरेको पञ्चपुरी नगरपालिकाका नगर प्रमुख थापाले जानकारी दिए । मृतक युवकको शव व्यवस्थापनका लागि वीरेन्द्रनगरबाट नेपाली सेनाको टोली हिडेको उनले बताए ।

‘ती युवासँगै अन्य ६ जना पनि सँगै बसेका थिए । हामीले नेपाल सरकारकोे मापदण्डअनुसार १४ दिन क्वारेन्टाइनमा राखेर आरडिटी परिक्षण गररे घर पठाएका हौं,’ नगर प्रमुख थापाले भने, ’घरमा सात दिन होम क्वारेन्टाइनमा बस्न सुझाव दिएर पठाइएको थियो । तर आडिटिको नतिजाको विश्वास गर्दा उनलाई बचाउन सकेनौ ।’

मृतक युवकसँगै कर्णालीमा कोरोनाको कारण मृत्यु हुनेको संख्या २ पुगेको छ । गत शनिबार दैलेखको दुल्लुमा क्वारेन्टाइनमा बसेका ३५ वर्षीय युवाको मृत्यु भएको थियो ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ