२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसेटिङमा मृगौला बिक्री, १ लाखदेखि ३ लाख रुपैयाँसम्मको आश्वासन

सेटिङमा मृगौला बिक्री, १ लाखदेखि ३ लाख रुपैयाँसम्मको आश्वासन


काठमाडौं -गोरखा स्थायी घर भै चितवन भरतपुर बस्दैं आएका २९ वर्षीय निरज केसी (नाम परिवर्तन)को आर्थिक अवस्था कमजोर थियो । एक जनाले उनलाई मासिक १० हजार रुपैयाँ तलब उपलब्ध गराउँछु भन्दै २०७३ साउनमा काठमाडौं ल्याए ।

काठमाडौं ल्याएपछि उनलाई औषधि खुवाएर बेहोस पारियो । बेहोस पारी काठमाडौंबाट भारतको एक अस्पतालमा पु¥याई हस्पिटलबाट दायाँ भागको मिर्गौला निकाली दलालले बिक्री गरे । पछि होसमा आएका निरजलाई गुन्डाले छुरी हानेकाले उपचारका लागि अस्पताल ल्याइएको बताए । अन्ततः सोसम्बन्धी मुद्दा काठमाडौं जिल्ला अदालतमा प¥यो । अदालतले २०७५ चैतमा गरेको फैसलामा ‘दोषी ठहर भएकाले ११ वर्ष कैद, २ लाख २५ हजार रुपैयाँ जरिमाना र पीडितलाई २ लाख क्षतिपूर्ति दिलाउनु भनिएको छ ।

यो त एक प्रतिनिधीमूलक घटनामात्रै हो । नेपालमा मानव शरीरको महत्वपूर्ण अंग मिर्गौला (किड्नी) सेटिङमा बिक्री यस्ता कयौं घटनाहरु गुपचुपमै रहन्छन् । दलाल र किन्ने व्यक्तिबीचको आपसी सम्झौतामा मिर्गौलाहरू नेपालसहित भारतका विभिन्न अस्पतालमा अवैधानिक तवरबाट बिक्री हुने गरेका छन् ।

यसको सञ्जालगाउँदेखि काठमाडौं र काठमाडौंदेखि भारतका सहरमा हुने गरेको छ । स्रोतकाअनुसार काँकडभिट्टा–पानीटंकी, वीरगन्ज–रक्सौल, भैरहवा–सुनौली ओसार–पसारका साझा बिन्दु हुन् । मुख्यतः घरपरिवारको खर्च जोहो गर्नका लागि न्यून आए भएकाहरू मिर्गौला दिन तयार हुने गरेका छन् ।

विश्व स्वास्थ्य संगठनकाअनुसार ५ देखि १० प्रतिशतसम्म सबै खालको मिर्गौला प्रत्यारोपणका घटनामा प्रापकले अंग खरिदका लागि अन्य देशको भ्रमण गर्ने गर्छन् । राष्ट्रिय मानवअधिकार आयोगको मानव बेचबिखनसम्बन्धी प्रतिवेदनअनुसार गरिब परिवार नै मानव अंग बेचबिखनबाट पीडित हुने गरेको देखिएको छ ।

बिचौलियाहरूले १ लाखदेखि ३ लाख रुपैयाँसम्म मिर्गौला प्रत्यारोपण गर्न चाहनेहरूलाई उपलब्ध गराउने आश्वासन दिने गरेको राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनले देखाउँछ । तर, प्रत्यारोपण गरिसकेपछि पीडितले २० हजारदेखि ३० हजारसम्म पाउने गरेको प्रतिवेदन प्रतिवेदनमा उल्लेख छ ।

मिर्गौला बिक्री गर्नेहरूको जालो बढ्दै गएपनि तथ्यांक एकीकृत हुन नसकेको मानवअधिकार अधिकृत यशोधा बन्जाडेले बताइन् । मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ ले प्रत्यारोपणका लागि किनबेच गर्ने कार्यलाई निषेध गरेको छ ।

अर्गनाइजेसन फर सेक्युरिटी एन्ड कोअपरेसन इन युरोप (ओएससीई) नामक संस्थाले तयार पारेको प्रतिवेदनले मानवअंग बेचबिखनका पीडित गरिब भएका तथा निजहरूलाई अंग प्राप्त गर्ने व्यक्तिले तिरेको रकमको नगन्य अंश मात्र पाउने गरी आफ्ना अंग बिक्रीका लागि दलालबाट धम्क्याइने एवं बल प्रयोग हुने गरेको पाइएको छ । नेपालमा  मृर्गौलाजस्तो संवेदनशील अंग बेचबिखनमा डरलाग्दो गिरोह संलग्न भएपनि अहिलेसम्म उक्त गिरोह कानुनी दायरमा आउन सकेको छैन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ