२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीमा थपिए ५४ कोरोना संक्रमित

कर्णालीमा थपिए ५४ कोरोना संक्रमित


जुम्ला –  कर्णाली प्रदेशको तीन जिल्लामा कोरोना संक्रमित थपिएका छन् । कालिकोट ३, दैलेख ३, सुर्खेत २० जना र सल्यान २४ जना गरी ५४ जना कोरोना संक्रमित थपिएका हुन् ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार थप ५४ जनामा कोरोना संक्रमण पृष्टी भएको छ । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ६ सय ४१ पुगेको छ ।

प्रदेश अस्पताल सुर्खेतमा गरिएको पीसीआर परीक्षण रिपोर्ट अनुसार सल्यानमा थप २८, सुर्खेतमा २०, दैलेखमा ३ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षण रिपोर्ट अनुसार काललिकोटमा ३ जना गरी थप ५४ जनामा कोरोना पृष्टी भएका हुन् ।
हालसम्म कर्णालीमा ७ जना कोरोना संक्रमित निको भएर घर पर्किएका छन् भने कोरोनाबाट मृत्यु हुनेको संख्या तीन जना पुगेको छ । जसमा सुर्खेत, दैलेख र डोल्पामा एक÷एक जना नागरिक रहेका छन् । दैलेख कर्णाली प्रदेशको कोरोना ईपीसेन्टर रुपमा देखा परेको छ ।
हरेक दिन दैलेखमा नयाँ कोरोना संक्रमित थपिन थालेपछि हालसम्म ३ सय ५५ जनामा कोरोना संक्रमण पृष्टी भएको हो । कर्णालीमा कोरोना संक्रमित अधिकांश व्यक्ति छिमेकी मुलुक भारतबाट फर्र्किएका हुन् ।

परीक्षण गर्न १८ सय स्वाब बाँकी

कर्णाली प्रदेशका विभिन्न जिल्लामा संकलन गरिएका १८ स्वाब परीक्षण गर्न बाँकी रहेका छन् । संक्रमण तीब्र गतिमा फैलिंदै गएका बेला परीक्षणको गति भने कम छ ।

प्रदेशमा आइतबारसम्म १८ सय स्वाब परीक्षण गर्न बाँकी छन् । सुर्खेतस्थित प्रदेश अस्पतालमा एक हजार पाँच सय र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन सय जनाको स्वाब परीक्षणको पर्खाइमा छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा जेठ १८ गतेदेखि शनिबारसम्मसंकलन गरिएका तीन सय जनाको स्वाब परीक्षण हुन सकेको छैन । दैलेख, कालीकोट, जुम्ला, डोल्पालगायतका जिल्लाबाट संकलन भएको स्वाब परीक्षण नभएको प्रयोगशाला प्रमुख विवेक पुनमगरले बताए ।
कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयकी निर्देशक रीता भण्डारीले मेसिन थप गरेर दिनमा एक हजार स्वाब परीक्षण गर्न सक्ने बनाइने बताइन् । प्रदेशको सामाजिक विकास मन्त्रालयले मेसिन खरिदका लागि टेन्डर प्रक्रिया समेत अगाडि बढाइसकेको उनको भनाइ छ ।

कर्णाली प्रदेशमा भारतबाट आउनेहरूको संख्या झन्डै ३५ हजार नाघेको छ । उनीहरु सबैको स्वाब परीक्षण गर्न अहिलेको मेसिनको क्षमताले नधान्ने स्वास्थ्य क्षेत्रका विज्ञहरुले बताएका छन् । कर्णाली प्रदेश अस्पतालका डा. नवराज केसीले कर्णालीमा पीसीआर परीक्षणको दायरा बढाउनुको विकल्प नभएको बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ