२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनवौं र दशौं तहका चिकित्सकहरुको थप समायोजन [सूचीसहित]

नवौं र दशौं तहका चिकित्सकहरुको थप समायोजन [सूचीसहित]


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नवौं र दशौं तहका बाँकी चिकित्सकहरुको समायोजन गरेको छ । शुक्रबार नवौं र दशौं तहका केही समूहका चिकित्सकहरुको समायोजन भएको थियो ।

आइतबार बाँकी समूहका नवौं र दशौं तहका चिकित्सकहरुको समायोजन भएको हो । चिकित्सकहरुको समायोजनमा देखिएको समस्याकै कारण स्वास्थ्यको समायोजन झण्डै एक महिना धकेलिएको थियो ।

आइतबार स्वास्थ्य मन्त्रालयले बरिष्ठ कन्सल्टेन्ट अष्टेट्रिसियन तथा गाइनोकोलोजिष्ट, कन्सल्टेन्ट अष्टेट्रिसियन तथा गाइनोकोलोजिष्ट, बरिष्ठ कन्सल्टेन्ट अंकोलोजी, कन्सल्टेन्ट अंकोलोजी, बरिष्ठ कन्सल्टेन्ट मेडिकल जनरलिष्ट/कन्सल्टेन्ट मेडिकल जनरलिष्ट, बरिष्ठ कन्सेल्टेन्ट पिडियाट्रिसियन, कन्सेल्टेन्ट पिडियाट्रिसियन र बरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट÷मेडिकल सुपरिटेन्डेन्टको समायोजन सूची सार्वजनिक गरेको छ ।

आइतबार नै बरिष्ठ कन्सल्टेन्ट नेफ्रोलोजी, कन्सल्टेन्ट नेफ्रोलोजीजिष्ट, बरिष्ठ कन्सल्टेन्ट फिजिसियन÷ कन्सल्टेन्ट फिजिसियनको सूची पनि प्रकाशित भएको छ ।

यस्तै, प्रमुख कन्सल्टेन्ट कार्डियोलोजिष्ट/कन्सल्टेन्ट कार्डियोलोजिष्ट, बरिष्ठ कन्सल्टेन्ट ग्यास्टोइन्टेरोलोजिष्ट/कन्सल्टेन्ट ग्यास्टोइन्टेरोलोजिष्ट, बरिष्ठ कन्सल्टेन्ट चेष्ट फिजिसियन, कन्सल्टेन्ट चेष्ट फिजिसियनको समायोजन सूची पनि आएको छ ।

बरिष्ठ कन्सल्टेन्ट न्युरोलोजिष्ट/कन्सल्टेन्ट न्युरोलोजिष्ट, फरेन्सिक मेडिकल अधिकृत, बरिष्ठ कन्सल्टेन्ट कार्डियोथोरासिक सर्जन/कन्सल्टेन्ट कार्डियोथोरासिक सर्जन, बरिष्ठ कन्सल्टेन्ट ग्यास्ट्रोइन्टेरोलोजिक सर्जन/कन्सल्टेन्ट ग्यास्ट्रोइन्टेरोलोजिक सर्जन, बरिष्ठ कन्सल्टेन्ट न्युरो सर्जन/कन्सल्टेन्ट न्युरो सर्जनको समायोजन सूची पनि सार्वजनिक भएको छ ।

यसैगरी, बरिष्ठ कन्सल्टेन्ट पिडियाट्रिक सर्जन÷कन्सल्टेन्ट पिडियाट्रिक सर्जन, बरिष्ठ कन्सल्टेन्ट प्लाष्टिक सर्जन/ कन्सल्टेन्ट प्लाष्टिक सर्जन, बरिष्ठ कन्सल्टेन्ट युरो सर्जन/कन्सल्टेन्ट युरो सर्जन, बरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन÷कन्सल्टेन्ट अर्थोपेडिक सर्जनको पनि समायोजन सकिएको छ ।

यस्तै, बरिष्ठ कम्युनिटी नर्सिङ अधिकृत/कम्युनिटी नर्सिङ अधिकृत ७ औ र ८ औं तहको सूची पनि समायोजन सूची सार्वजनिक गरेको छ ।

सम्पूर्ण सूची हेर्नोस क्रमसः


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ