२०८१ जेठ १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली प्रदेशमा संक्रमितको संख्या ७०८ पुग्यो

कर्णाली प्रदेशमा संक्रमितको संख्या ७०८ पुग्यो


सुर्खेत – कर्णाली प्रदेशमा कुल संक्रमितको संख्या ७०८ पुगेको छ। प्रदेश अस्पतालकाे पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परीक्षणमा थप ३७ जनामा कोरोना संक्रमण देखिएको हो।

गएको बुधबार साँझ आएको कोरोना रिपोर्टमा दैलेखका २५, सुर्खेतका ९ र जाजरकोटका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख लक्ष्मी नारायण तिवारीले जानकारी दिए ।

संक्रमित मध्ये दैलेखको गुङ्गेश्वर गाउँपालिका वडा नं. १, का १ जना, वडा  नं. २ का ४ जना, वडा नं. ३ का १ जना वडा नं. ४ का ११ जना, वडा नं. ५ का ६ जना र स्थानीय तह स्पष्ट नखुलाइएका (अवलपराजुल) २ जना रहेका छन् ।

त्यस्तै, जाजरकोटको छेडागाड नगरपालिका वडा नं. १२ का २ जना र शिवालय गाउँपालिका वडा नं. १ का १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ। सुर्खेतको बराहताल गाउँपालिका वडा नं. ४ का १ जना, गुर्भाकोट नगरपालिका वडा नं. १२ का २ जना वडा नं. १४ का ५ जना, सिम्ता गाउँपालिका वडा नं. ३ का १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

 


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ