२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकालिकोटमा कोरोनाका बिरामीलाई आयुर्वेदिक औषधी

कालिकोटमा कोरोनाका बिरामीलाई आयुर्वेदिक औषधी


मान्मा—कालिकोटको सदरमुकाम मान्मस्थित एकीकृत भवनको आइसोलेसन वार्डमा रहेका कोभिड—१९ का बिरामीहरुलाई आयुर्वेदिक औषधी प्रयोग गरिएको छ । आयुर्वेदिक औषधीले व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने र रोगबाट सजिलै आक्रान्त नहुने हुँदा उक्त औषधीको प्रयोग गरिएको हो ।

‘हाम्रै घर वरिपरी पाइने जडिबुटीहरुमा अथाह शक्ति हुन्छ,’ स्वास्थ्य सेवा इकाई कालिकोटकी आयुर्वेद शाखाकी चिकित्सक डा. प्रज्ञा उपाध्यायले भनिन्, ‘आइसोलेसनमा रहेका कोभिड—१९ संक्रमित २९ जना बिरामीलाई नै भर्ना भएकै मितिबाट डिस्चार्ज हुने बेलासम्म हामीले आयुर्वेदिक औषधी प्रयोग गरेका हौं ।’

उनकाअनुसार कोभिड—१९ का बिरामीहरुलाई अश्वगन्धा चुर्ण, गुडुची चुर्ण, आमलकी चुर्ण नियमित रुपमा दिइएको थियो भने लक्षणअनुसार लाक्षणिक उपचार पनि गरिएको छ ।

आइसोलेसनमा रहेका २९ जनामध्ये ३२ जेठमा २५ जनाको कोभिड—१९ रिपोर्ट नेगेटिभ आएको छ । उनीहरु डिस्चार्ज भएर घर फर्किएका छन् । यस्तै, थप ४ जनामा कोरोना रिपोर्ट पोजेटिभ आएकाले उनीहरुको अहिले पनि आइसोलेसनमै उपचार भैरहेको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ