२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २भ्रुण हत्याको अभियोगमा चिकित्सक पक्राउ, हिरासतमा राखेर अनुसन्धान हुँदैं

भ्रुण हत्याको अभियोगमा चिकित्सक पक्राउ, हिरासतमा राखेर अनुसन्धान हुँदैं


काठमाडौं—अवैध गर्भपतन गराएको अभियोगमा डा. शम्भुकुमार यादव पक्राउ परेका छन् । सिरहास्थित मिर्चैया नर्सिङ होममा कार्यरत डा. यादवलाई प्रहरी हिरासतमा राखी अनुसन्धान भैरहेको छ ।

सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक उमाशंकर चतुर्वेदीका अनुसार, आइतवार जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखिएको हो ।

गत असार २३ गते सिरहा नगरपालिकाकी एक गर्भवती महिलाको अल्ट्रासाउण्ड (भिडियो एक्सरे)को परीक्षणबाट गर्भको लिंग पहिचान गरिएको थियो । त्यसलगत्तै डा. यादवले गर्भपतन गराउन सहयोग गरेको प्रहरीले दावी गरेको छ ।

ती महिलासँग १२ हजार रुपैंयाँ लिएर गर्भपतन गराएको प्रहरी उपरीक्षक चतुर्वेदीले बताए । गर्भपतन गराएकी महिलाको निरन्तर रक्तश्राव भैरहेपछि घटना सार्वजनिक भएको थियो । असार १८ गते मिर्चैया नर्सिङ होममा जँचाउन गएकी ती महिलाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन् ।

कस्तो अवस्थामा गर्न पाइन्छ सुरक्षित गर्भपतन ?
गर्भवती महिलालाई सुरक्षित गर्भपतन गर्न पाउने अधिकार कानुनमा रहेको छ । कस्तो अवस्थामा गर्भपतन गराउन पाइन्छ ? गर्भवती महिलाको मन्जुरीले १२ हप्तासम्मको गर्भ गर्भपतन गराउन सकिने कानुनी व्यवस्था रहेको छ ।

-गर्भपतन नगराए गर्भवतीको ज्यान जाने खतरा भएमा
– जन्मेर बाँच्न नसक्ने गरी गर्भको भु्रणमा खराबी देखिएमा
– एचआईभी वा त्यस्तै प्रकृतिको अन्य निको नहुने रोग लागेको महिलाको मन्जुरीमा २८ हप्तासम्मको गर्भ
– जबर्जस्ती करणी वा हाडनाताबाट करणीबाट गर्भ रहन गएमा महिलाको मन्जुरीले २८ हप्तासम्मको गर्भ
– विकलांग बच्चा जन्मन्छ भनी इजाजत प्राप्त चिकित्सकको राय भई महिलाको मन्जुरी भएमा २८ हप्तासम्मको गर्भ


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ