२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअस्पतालको वरिपरी पनि रक्सी खान पाइने भन्दैं राष्ट्रियसभामा गर्जिए रामनारायण

अस्पतालको वरिपरी पनि रक्सी खान पाइने भन्दैं राष्ट्रियसभामा गर्जिए रामनारायण


काठमाडौं—राष्ट्रियसभामा सदस्य तथा नेकपा नेता रामनारायण बिडारी अस्पतालको वरिपरी रक्सी खान पाइने स्वतन्त्रता रहेको भन्दैं राष्ट्रियसभामा गर्जिएका छन् । बुधबार राष्ट्रियसभाको बैठकमा बोल्दैं उनले नेपालमा मन्दिर र अस्पतालका वरिपरि पनि रक्सी खान खुल्ला रहेको भन्दैं ध्यानाकर्षण गरे ।

‘मज्जाले रक्सी खान पाइने, जतिपनि खान पाइने, जहा बसेर पनि खान पाइने मन्दिरका वरिपरि पनि पाइने, अस्पतालका वरिपरि पनि पाइने, जहासुकै ठाउँमा पाइने मज्जैसँग रक्सी खान पाइने देश कहाँ छ पृथ्वीमा भन्यो भने हाम्रो देशको नाम आउदो रहेछ,’ राष्ट्रियसभा सदस्य बिडारीले भने, ‘संसारमा यस्तो छैन्, संसारमा त निश्चित ठाउँमा मात्र रक्सी खान पाइने, निश्चित पसलले मात्र रक्सी बेच्ने, निश्चित ब्यक्तिले मात्र रक्सी किन्न पाइने ।’

उनले विहे गर्नलाई २० वर्ष हुनुपर्ने तर रक्सी खान ६ वर्षको भएपनि हुने भन्दैं यसबारेमा कडा नियम बनाउन सरकारलाई कसले छेकेको छ भन्दैं प्रश्न गरे । २०३१ सालमा बनेको मदिरा ऐनका कारण रक्सी खाएर, दुब्र्यसनी भएर घरेलु हिंसा, महिला हिंसा, संगठित अपराध र विभिन्न रात्री अपराध भएको उल्लेख गर्दै उनले एउटा पसलमा औषधी पसल अर्को पसलमा रक्सी पसल रहेको बताए । ‘एउटा सटरमा औषधि पसल अर्को सटरमा रक्सी पसल, अगाडि पट्टी औषधि पसल पछाडि पट्टी रक्सी पसल,’ उनले प्रश्न गर्दै भने, ‘किन ग¥या यो सरकार भन्यो भने राजस्व असुल्न, पैसा चाहियो नि कर उठाउनुप¥यो रक्सीमा बढाइदिने कर अनि पैसा झ्याम—झ्याम आउँछ, अनि मोटर चढ्ने, के के गर्ने जम्मै थोक गर्ने भन्नलाई गरेको हो ?’

यदि त्यसो होइन भने सरकारको ध्यान जाओस भन्दैं उनले २२ वर्ष नपुगेकाले रक्सी किन्न नपाउने, वडा वडामा जड्याहाको लिष्ट बनाउने र उनीहरुलाई विदेशमा गरिनेजस्तै सराबी घोषित गर्न सक्नुपर्ने बताए । उनले विदेशमा गएर नेपालको पैसा सक्ने भनेर नेताहरुमाथि ब्यग्यं गर्दै प्रश्न थपे, ‘विदेशमा यस्तो छ, जहा पनि रक्सी किन्न पाइन्छ ? जसले पनि रक्सी खान पाउँछ ।’ बिडारीले धुम्रपान जोनजस्तै रक्सी खानेका लागि छुट्टै मदिरा जोन बनाउन आग्रह गरे । अपराधको ५० प्रतिशत अपराध यहीबाट भएको भन्दैं उनले महिला हिंसा, घरेलु हिंसा, संगठित अपराध हटाउने हो र रात्री अपराध घटाउने भने यस्तो जोनहरुमा मानिसहरु इन्ट्री गरेर प्रवेश दिनुपर्ने बताए ।

लाखौं युवाहरु श्रम बेच्न नेपाल बाहिर बाध्य रहेको बताउँदै उनले नेपालमा लाखौं युवाहरु कुलतमा फसेर बसेको बताए । ‘कुलतमा फस्नेजति युवा यो देशमा श्रम बेच्नेजति युवा विदेशमा,’ उनले भने, ‘यो कुरा सरकारलाई थाहा छ कि छैन् ?’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ