२०८१ असोज १९, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशतनाव लिएर क्वारेन्टाइनमा बसेकाहरुको लागि प्राथमिक मनो-सामाजिक परामर्श सेवा

तनाव लिएर क्वारेन्टाइनमा बसेकाहरुको लागि प्राथमिक मनो-सामाजिक परामर्श सेवा


सुर्खेत — विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण यतिबेला मानव सभ्यता नै संकटमा छ । अधिकांश मानिस कोरोना संक्रमण भन्दा त्रासकै कारण चिन्तामा छन् । मलाई समुदायमा कसरी हेर्ने हुन्, कस्तो व्यवहार गर्ने हुन् भन्ने मानसिक तनाव क्वारेन्टाइन तथा आइसोलेसनमा बसेकाहरुलाई हुने गरेको पाइन्छ ।

नौ दिन पहिले भारतको उत्तराखण्डबाट आइ आनन्द माध्यामीक विद्यालय गुमीको क्वारेन्टाइमा बस्दै आएका गुर्भाकोट नगरपालिका १३ का एक पुरुषले आफुलाई कसरी समाजमा मुख देखाउने भन्ने चिन्ता लाग्ने गरेको बताए । यसक साथै रिपोर्ट कस्तो आउने हो ?  घरपरिवारसँग भेट होला कि नहोला भन्ने मनमा डर लागिरहेको उनको भनाई छ । उनी भन्छन, ‘कोहि मान्छे देख्यो भने रिस उठ्छ । कसैसँग बोल्न मन लाग्दैन।’ उनी जस्तै सोहि क्वारेन्टाइनमा बसेका अर्का पुरुषले भने, ‘हामीले भारतबाट ल्याउको पैसा समेत मानिसले चलाउन मान्दैनन् । यति सम्मकि आफ्नै श्रीमतीले समेत सा्े पैसा लिन मानिन् । अहिले त हामिलाई रोगको भन्दा पनि समाजमा कसरी देखिने भन्ने चिन्ता छ ।’

स्वास्थ्यकर्मी तथा अन्य कोहि आएपनि टाढैबाट माइकमा बोलेर फर्किन्छन । जस्ले गर्दा आफुहरुलाई थप पिडा हुने गरेको क्वारेन्टाइन तथा आइसोलेसनमा बसेकाहरुले गुनासो पोखे । ‘हामी समाज र आफ्नो सुरक्षाका लागि क्वारेन्टाइनमा बसिरहेका छौ तर समाजले हामीलाई हेर्ने दृष्टिकोण फरक छ । लेखबेसी नगरपालिका ४ मा निर्माण गरिएको छ।’ ,आइसोलेसनमा बसेका लेखबेसी २ का अर्का एक पुरुषले भने ।’

आफुलाई यहाँ बस्दा फसेको जस्तो महशुस हुने गरेको उनको भनाइ छ । ‘घर जान मन लागिरहन्छ, मन आत्तिन्छ, उकुसमुकुस हुन्छ’ ,उनले भने, तर हामीलाई समाजले मात्र हैन घरपरिवारले पनि हेलाको दृष्टिले हेर्छन । विशेषगरी क्वारेन्टाइन तथा आइसोलेसनमा बसेकाहरु आफू हेपिएको, अरुभन्दा फरक भएको, जस्तो गरी आफूलाई कमजोर ठान्ने गरेको मानसिक स्वाथ्य तथा परामर्श केन्द्र नेपाल शाखा कार्यलय, सुर्खेतका मनो-परामर्श कर्ता कालीबहादुर बिकले बताए । जसले गर्दा उनीहरु मानसिक रुपमा त्रसित छन् ।

यस्तो अवस्थालाई मध्य नजर गर्दै गएको बुधबार मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सीएमसी) नेपालले गुर्भाकोट र लेखबेसि नगरपालिकाकामा रहेको क्वारेन्टाइन तथा आइसोलेसनमा पुगेर करिब ६५ जना ब्यत्तिहरुलाई प्राथामिक मनोसामाजिक सेवा दिएको छ । हालको विषम परिस्थितीलाई मध्यनजर गर्दै सिएमसी नेपालले क्वारेन्टाइन तथा आइसोलेसनमै पुगेर त्यहाँ बसेकालाई मनबाट त्रास हटाउन, खुसी रहन, आत्मबल बलियो बनाउन, आफू बचेर अरुलाई बचाउन, हरेक दिन योगा अभ्यास गराउन समेत सिकाइएको मानसिक स्वाथ्य तथा परामर्श केन्द्रन नेपाल शाखा कार्यलय, सुर्खेतका मोबिद तथा मनोपरामर्शकर्ता एवम श्रष्ठले जानकारी दिए ।

क्वारेन्टाइनमा बसेकाहरुले सिएमसिको टिमलाई आफ्ना अनुभव, मनको डर, त्रास,समेत साटेका थिए । सिएमसीले मनोसामाजिक सेवा दिँदा आफुमा केहि आत्मबल बढेको उनिहरुको भनाइ थियो । सिएमसी नेपालले कोरोना भाइरसका कारण मानसिक समस्या भएमा मनमा केहि कुरा जिज्ञासा भएमा टोल फ्रि नं. १६६००१८५०८० मा समेत कल गर्न आह्वान समेत गरिएकोे छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ