२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यका २० हजारको समायोजन बाँकी, अझै एक महिना लाग्ने

स्वास्थ्यका २० हजारको समायोजन बाँकी, अझै एक महिना लाग्ने


काठमाडौं—स्वास्थ्य सेवा समूहका छैटौं र सोभन्दा तल्लो तहका गरी झण्डैं २० हजार कर्मचारीको समायोजन प्रक्रिया दु्रत ढंगले अघि बढाइएको छ ।

अन्य समूहको तुलनामा बढी संवेदनशील मानिएको स्वास्थ्य सेवामा समायोजनमा भएको ढिलाइले कर्मचारी अन्यौलमा परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठका अनुसार स्वास्थ्य सेवाका अहेब, हेल्थ असिस्टेन्ट र अनमीको समायोजन गर्न बाँकी छ । झण्डैं ८ हजार अहेब, ७ हजार पाँच अनमी र ४ हजार पाँच सय हेल्थ असिस्टेन्टको समायोजन हुन सकेको छैन् ।

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने, ‘एक महिनाभित्रै सबै कर्मचारीको समायोजन सकिन्छ । दु्रत ढंगले प्रक्रिया अघि बढेको छ ।’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवा समूहका कर्मचारीको समायोजनका लागि सिफारिस गरिसकेको छ । अन्य सेवा समूहका कर्मचारीको समायोजन भैसकेको छ । समायोजन शाखा नै बन्द गरिसकेको उल्लेख गर्दै सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता भुपाल बरालले स्वास्थ्य मन्त्रालयनै जिम्मेवार हुनुपर्ने बताए ।

खटिएकै कार्यलयमा समायोजन पत्र पठाउने व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य सेवाका २७ हजार ५ सय कर्मचारीलाई समायोजन गर्नु पर्ने भएकोले ढिलाइ हुन पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रेष्ठले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ