२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवीर अस्पतालले इलेक्ट्रोनिक्स मेडिकल रेकर्ड सिष्टमको व्यवस्था गर्ने

वीर अस्पतालले इलेक्ट्रोनिक्स मेडिकल रेकर्ड सिष्टमको व्यवस्था गर्ने


काठमाडौं—वीर अस्पतालले निकट भविष्यमै इलेक्ट्रोनिक्स मेडिकल रेकर्ड सिष्टम लागु गर्ने भएको छ ।  आइतबार वीर अस्पतालको १३० औं वार्षिकोत्सवमा बोल्दैं अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले  निकट भविष्यमै इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिष्टमको व्यवस्था गर्ने जानकारी दिएका हुन् ।

आगामी वर्षको कार्ययोजना प्रस्तुत गर्दै निर्देशक डा. सेञ्चुरीले निकट भविष्यमा २० बेडको आईसीयु शैय्या सुरु गर्ने पनि बताए । यस्तै, राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पताल जोड्ने सब–वे बनाउने पनि उनले बताए ।

एक वर्षमा ४ लाख बढीको उपचार

गत वर्ष ४ लाख २२ हजार ८ सय १ जनालाई उपचार सेवा दिएको छ । वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै निर्देशकडा. सेञ्चुरीले उक्त जानकारी दिएका हुन् ।

तीमध्ये ३ लाख ७८ हजार २ सय ६५ जनाले ओपीडी र १३ हजार १ सय ५९ जनाले अस्पताल भर्ना भएर उपचार गराएका छन् । ६ हजार १ सय विरामीले आकस्मिक अपरेशन गराएका छन् भने १४ जनामा मिर्गौला प्रत्यारोपण गरिएको छ ।

वीरले आर्थिक वर्ष २०७५÷०७६ मा ८ हजार ९ सय ८ गरिब, असहाय तथा बिपन्न नागरिकलाई सेवा प्रदान गरेको हो । अस्पतालको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै निर्देशक सेञ्चुरीले उक्त अवधिमा अस्पतालले सेवा उपलब्ध गराए बापत ३३ करोड ३६ लाख बराबरको आम्दानी गरेको जानकारी दिए ।

अस्पतालले ३ वटा एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याएको छ । सरकारले सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत बिमा गरेका नागरिकलाई अस्पतालले सेवा दिइरहेको पनि उनले जानकारी दिए ।

के भए प्रमुख सुधार ?

—जापान सरकारको संस्था जाइकाको सहयोमा १०० शैयाको भवन निर्माण सम्पन्न गरी सञ्चालनमा आएको
—३ वटा एम्बुलेन्स खरिद् गरी सञ्चालनमा ल्याएको
—अत्याधुनिक ७ तले नयाँ सर्जिकल भवन निर्माण कार्य जारी


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ