२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमन्त्री यादवको प्रश्न, ‘सरकारी अस्पतालका मेसिन किन छिट्टै बिग्रन्छन् ?’

स्वास्थ्यमन्त्री यादवको प्रश्न, ‘सरकारी अस्पतालका मेसिन किन छिट्टै बिग्रन्छन् ?’


काठमाडौं—उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सरकारी अस्पतालमा छिट्टै मेसिन बिग्रने गरेको भन्दैं सार्वजनिक मञ्चमै असन्तुष्टी ब्यक्त गरेका छन् । आइतबार वीर अस्पतालको १ सय ३० औं वार्षिकोत्सवका प्रमुख अतिथी बनेका यादवले सरकारी अस्पतालमा महंगो मुल्यमा खरिद गरिएका मेसिन छिट्टै बिग्रेको भन्दैं चिन्ता ब्यक्त गरेका हुन् ।

‘प्राइभेट अस्पतालले सस्तो मूल्यमा मेसिन खरिद गर्न सक्ने र वर्षौसम्म चल्ने तर सरकारी अस्पतालले किन सस्तोमा किन्न सक्दैन् र किन छिट्टै बिग्रन्छ ?,’ मन्त्री यादवले प्रश्न गर्दै भने ।

केही समयअघि उद्घाटन गरेको भोलिपल्टै वीर अस्पतालको एमआरआई मेसिन बिग्रेको प्रसंग उल्लेख गर्दै उनले प्राविधिकले मेसिन चलाउन नजान्ने र कर्मचारीले बिगार्न मात्र जान्ने हो भने विकल्प खोज्नुपर्ने बताए । उनले कर्मचारी इमान्दार नभए अस्पताललाई पब्लिक, प्राइभेट पार्टनसीपमा लैजान सकिने बताए ।

अस्पतालका लागि उपकरण किन्नु मात्र ठूलो कुरा नभएको उल्लेख गर्दै मन्त्री यादवले किनिएको उपकरणको समुचित प्रयोग गर्नुपर्नेमा जोड दिए । ‘जनताले कर तिरेको पैसाले हामी संस्था सञ्चालन गर्छौं’, उनले भने ,‘त्यसको सम्मान गरौं ।’

न्याम्सका सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री यादवले सरकारले ‘एक अस्पताल एक चिकित्सक‘ नीतिअनुसार भविष्यमा डाक्टरले अस्पताल भित्रै काम गर्न सक्ने गरी सेवा विस्तार गर्नुपर्ने बताए । अवकाश प्राप्त स्वास्थ्यकर्मी र कर्मचारीलाई वीर अस्पतालमा उपचार गर्दा विशेष सहुलियत दिनुपर्ने उनको धारणा छ ।

सोही कार्यक्रममा बोल्दै पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन वीर अस्पतालको ओपीडी सेवालाई कलंकी, कोटेश्वर, चाबहिल लगायत बढी चहलपहल हुने क्षेत्रमा विस्तार गर्नुपर्नेमा जोड दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ