गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौंका दुई सहित तीन जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि काठमाडौंका दुई सहित तीन जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि हेल्थ आवाज शनिबार, २०७७ असार २७ गते, १७:०० मा प्रकाशित काठमाडौं—नेपालमा कोरोना भाइरस (कोभिड—१९) का कारण तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार काठमाडौंका दुई जना र सिन्धुपाल्चोकका एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । काठमाडौं—१० शंखमुलका एक ६० वर्षीय पुरुषको २६ असारमा निधन भएको छ । फोक्सोमा पानी जमेको र मिर्गौला रोगका कारण स्वास्थ्यमा समस्या आएपछि उनी असार १६ गते पाटन अस्पतालमा भर्ना भएका थिए । उनमा १७ असारमा स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । यस्तै, २५ असारमा काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका ५४ वर्षका पुरुषमा पनि कोभिड—१९ पोजेटिभ देखिएको छ । काठमाडौंका गोकर्णेश्वर—४ घर भएका उनी मिर्गौलामा रोगका विरामी थिए । स्वास्थ्य समस्या आएपछि काठमाडौं मेडिकल कलेजमा भर्ना गर्दा श्वास प्रश्वासमा पनि समस्या देखिएपछि २१ असार उनको नमुना संकलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । सिन्धुपाल्चोक पाँचपोखरी— ६ का ४५ वर्षीय पुरुषको २५ असारमा पाटन अस्पतालमा निधन भएको छ । १८ असार क्षयरोगको उपचारका लागि उनी पाटन अस्पतालमा भर्ना भएका थिए । उपचारका क्रममा कोरोना स्वाब परीक्षण गर्दा उनमा २२ असारमा कोरोना पोजेटिभ देखिएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… धेरै पढिएका १ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए २ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ३ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ४ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा ७ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा TFN ट्रेण्डिङ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए बागमतीमा स्वास्थ्यका ५३४ करारका कर्मचारी एकै पटक हट्दैं, अस्पतालहरूको सेवा प्रभावित हुने अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए बागमतीमा स्वास्थ्यका ५३४ करारका कर्मचारी एकै पटक हट्दैं, अस्पतालहरूको सेवा प्रभावित हुने